धनकुटा

धनकुटा नगरपालिका वडा नं ६ स्थित रहेको धनकुटा महिला बचत तथा ऋण सहकारी संस्था लि .को १० औ साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन प्रमुख अतिथि प्रदेश नं १ का प्रदेश संसद ईन्द्रमण्ी पराजुलीले उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथि पराजुलीले सभालाई सम्बोधन गर्नु हुदै सहकारीको माध्यम बाट समाजमा विभिन्न खाले सामाजीक परिवर्तन तथा आर्थिक विकासका लागि उल्लेख्य योगदान गरेको चर्चा गर्नु हुदै आगामि दिनमा सहकारीको मुल्य र मान्यता निति नियम भित्र रहेर काम गर्न सकेमा सहकारीको माध्यम बाट सहकारीहरुले ठूलो परिणाम सहितको नतिजा दिन सकिने उहाँले बताउनु भयो । यस्तै उहाँले सहकारीको सिद्दान्त,उदेश्य र मर्म अनुसार नचल्दा वित्तिय सुशासनमा विश्वास कमी जस्ता समस्या देखा परिरहेकोले सहकारी क्षेत्रमा देखिएका यस्ता चुनौरि र जोखिमलाई न्युनिकरण गर्दै आमनागरीकको विश्वास र भरोसा बढाउदै जानु पर्नेमा जोडदिनु भयो । साथै उहाँले सहकारीलाई थप व्यवस्थित रुपमा अगाढि बढाउन नयाँ प्रविधि र तालिमलाई प्राथमिक्तामा राख्नु पर्नेमा जोड दिनु भयो ।

संस्थाकी अध्यक्ष मनकुमारी तितुङ ताराले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७८।०७९ मा १७ लाख ५ हजार तिन सय १५ रुपैया शेयर पुजिँ तथा २ करोड १३ लाख ३ हजार ४ सय ८६ बचत तथा निक्षेप संकलन गरेको जानकारी दिनु भयो । त्यस्तै गरी १ करोड २८ लाख ३१ हजार लगानी रहेको जानकारी दिनु भयो ।

यस्तै सहकारीले यस आर्थिक वर्ष २०७८।०७९ मा २ करोड १८ लाख ४१ हजार ७७ रुपैया ८९ पैसा बराबरको कुल करोबार गरेको कोषाध्यक्ष विष्णु माया कन्दङवाले जाकारी दिनु भएको थियो ।

सोहि अवसरमा संस्थाले सहकारीका उत्कृष्ट बचत कर्ता , उत्कृष्ट सेयर धनी , उत्कृष्ट ऋण लगानि कर्तालाई सम्मान गरेका थिए । सम्मानित हुनेमा नेत्रकुमारी तामाङ, बालकृष्ण तितुङ र बबिता राईलाई सम्मान पत्र र करुवा प्रदान गरेर सम्मान गरेको थियो । सहकारीले आफ्नो १० औ वार्षिक साधारण सभाको अवसरमा धनकुटा बजार निवासी क्यान्सर पिडित राम बहादुर तामाङको उपचारका लागि रु ८ हजार ७ सय रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । सहकारीको १० औ साधारण सभाको बन्दशत्र बाट पुन सर्वसम्त सहकारीका अध्यक्ष मनकुमारी तितुङ ताराको अध्यक्षतामा ७ सदस्य नयाँ कार्यसमिति गठन गरिएको छ । उपाध्यक्षमा वेनी कुमारी खड्का ,सचिवमा निर्मला राई श्रेष्ठ ,कोषाध्यक्ष विष्णु माया कन्दङवा ,सदस्यहरुमा पूर्ण माया राई ,दुर्गा श्रेष्ठ र जिमि ल्वागुन रहेकाछन् । यस्तै लेखा समिति संयोजकमा सृजना श्रेष्ठ ,सदस्यहरु प्रतिमा आचार्य ,कमला मगर रहेका छनभने ऋण समिती संयोजक खड्ग माया राई , सदस्यहरु वालिका तिम्सीना र मन्जु श्रेष्ठ रहेको छ ।

१० औ साधारण सभाका विशेष अतिथि जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र सुवेदिले जिल्ला भित्र रहेको सहकारीको संख्या र महिलाहरु द्धरा सञ्चालित सहकारीको विवरण प्रस्तुत गर्नु हुदै उहाँले महिलादिदिबहीनिबाट सञ्चालित सहकारी संस्थाहरु अहिले सम्मा उत्कृष्ट अवस्थामा रहेको जानकारी दिनु भयो । साथै उहाँले सहकारी संस्थालाई व्यवस्थित ढंगले अगाडि बढाउनका लागि समय समयमा तालिममा सहभागि भएर क्षमता अभिवृद्धि गर्न आवाश्यक रहेको बताउनु भयो । साथै उहाँले आगामि दिनमा सहकारीको सेयर पुँजी बढाँदै जानु पर्नेमा जोडदिनु भयो । सभाका अतिथिहरु विभिन्न सहकारी सस्था तथा विभिन्न समुह संगठनका प्रमुख तथा प्रतिनिधिहरुले आफ्ना शुभकामना मन्तव्य राखेका थिए । सभाको स्वागत मन्तव्य कोषाध्यक्ष विष्णु माया कन्दङवाले राख्नु भएको थियो भने सञ्चालन सचिव निर्मला राई श्रेष्ठले गर्नु भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय