धनकुटा ,
धनकुटाको महालक्ष्मी नगरपालिकामा रहेको महालक्ष्मी साना किसान कृषि सहकारी संस्था लि.को दास्रो साधारणसभा सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष चेतनाथ बराल (मिलन )को अध्यक्षतामा भएको साधारण सभा प्रदेश संसद इन्द्रमणी पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको होे । प्रमुख अतिथि संसद पराजुलीले सभालाई सम्बोधन गर्नु हुदै महालक्ष्मी नगरका किसानको जिवन स्तर सुधार गर्नमा महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै सहकारीको प्रशंसा गर्नु भएको थियो ।

त्यस्तै उहाँले कृषिलाई आधुनिकिकरण गर्नुप¥यो ,कृषिक्षेत्रलाई परम्परागत निर्वाहमुखि खेति प्रणालि बाट बैज्ञानिक तरिकाले व्यवसायीकरण गर्दै लैजानु पर्ने सुभmाव दिनुभयो । आगामि दिनमा सहकारीलाई आवाश्यक साथ सहयोग आफ्नो तर्फ बाट रहने प्रतिवद्धता व्यक्तगर्नु भएको थियो । महालक्ष्मी नगरपालिकामा २०७६ सालमा स्थापना गरेको यस संस्थामा हाल ६ सय ८८ जना सेयर सदस्य रहेकाछन् ।
संस्थाले आर्थिक बर्ष ०७७ ।०७८ मा १ करोड २५ लाख २२ हजार ६ सय १२ रुपैया १० पैसा , र ०७८।०७९ मा २ करोड ७८ लाख ६६ हजार ८ सय ८७ रुपैया २ पैसा बराबरको आर्थिक प्रगति गरेको विवरण अध्यक्ष चेतनाथ बरालले प्रस्तुत गरेका थिए । सहकारीको शेयर तथा अन्य सम्पति ४७ लाख ८१ हजार ३ सय ७० रुपैया २ पैसा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

यस्तै सहकारीले प्रदेश संसद विकास कोष ईन्द्रमणी पराजुली र महालक्ष्मी नगरपालिकाको अनुदानमा संस्थाको २ वटा भवन निमार्ण , नेपाल सरकार कृषि तथा पशुपन्छि विकास मन्त्रालय अन्तर्गत नेपाल लाइभ स्टक सेक्टरको लागत साझेदारीमा व्यवसायीक बाख्र पालन कार्यक्रम सञ्चालन , भू तथा जलाधार व्यवस्थापन धनकुटाको अनुदान सहयोगमा बेमौसमी तरकारी खेतीका लागि १ सय ४८ वटा प्लास्टिक टनेल वितरण , विभिन्न कृषिजन्य विउ बिजन , रासायनिक मल , सहुलियत दरमा बिक्री वितरण लगायतका विभिन्न गतिबिधि सञ्चालन गरिरहेको उक्त सभामा संस्थाले जानकारी गराएका थिए ।

यस्तै सभाका विशेष अतिथि महालक्ष्मी नगरपालिकाको उपप्रमुख मन्जु अधिकारीले कार्यक्रममा बोल्नु हुदै किसानको जिवस्तर सुधार गर्नमा संस्थाले भुमिका खेल्नु पर्नेमा जोडदिनु भयो । त्यस्तै गरी उहाँले स्थापनाको छोटो समयमा नै निकैनै उपलब्धि मुलक काम गरिरहेकाले आगामि दिनमा थप उन्ति प्रगतिको शुभकामना दिनु भएको थियो । साना कृषि सहकारी संस्थाको विकासको लागि आफ्नो तर्फ बाट र नगरले आवाश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो । यस्तै नगरका कार्यपालिका सदस्य , वडा अध्यक्ष लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । साधारण सभाको बन्दशस्त्रले विभिन्न प्रस्तावहरु माथी छलफ गर्दै पास गरेको संस्थाले जनाएको छ । साधारण सभाको स्वागत मन्तव्य उपाध्यक्ष लिला सिं . महताराले राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय