काठमाडौं,
प्रतिनिधि सभामा सभामुख चयनका लागि माघ ५ गते निर्वाचन हुने भएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले विश्वासको मत लिइसकेपछि बैठकको अध्यक्षता गरिरहनु भएका जेष्ठ सांसद पशुपति शमशेर राणाले उक्त जानकारी गराउनु भएको हो ।

त्यसका लागि संघीय संसद सचिवालयले माघ ३ गते सूचना निकाल्नेछ । प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन् । प्रधानमन्त्री दाहालले विश्वासको मत पाएपछि प्रतिनिधिसभाको बैठक माघ ५ गते बस्ने गरी सकिएको छ ।

सभामुखका लागि सत्तारुढ गठबन्धनले कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाएको छैन । सत्ता गठबन्धनमा रहेका दलहरुले भित्री रुपमा आ–आफ्नो पार्टीबाट सभामुखको दाबी गरेता पनि बाहिर भने को सभामुख हुने भन्ने कुरा ल्याएका छैनन् ।

दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने बेलामा राष्ट्रपति र सभामुख एमाले,उपराष्ट्रपति र उपसभामुख माओवादी केन्द्रको भागमा राख्ने सहमति बनेको भनिएतापनि त्यो बाहिर आएको छैन । जनता समाजवादी पार्टीले पनि उपराष्ट्रपति र राष्ट्रिय स्वतन्त्र पार्टीले सभामुखमा दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय