३०१ औं पृथ्वि जयन्ती तथा राष्ट्रिय एकता दिवशको अवसरमा भीमदल गण सल्लेरी व्यारेक धनकुटाले साँगुरीगढीमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रिय एकता दिवशको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि पुर्वि प्रितना इटहरीका प्रितना पति सहदेव खड्काले राष्ट्रिय एकतालाई शिरमा राखेर नेपाली सेनाले देश र जनताको सेवा गरिरहेको बताउनु भयो । उहाले नेपाली सेनाले देश र जनता प्रति समर्पित भएर काम गरेकै कारण राष्ट्रिय एकतालाई मजवुत पार्न सफल भएको दावी गर्नु भयो । नेपाली सेना देश विखण्डन हैन, राष्ट्रिय एकता चाहान्छ भन्दै प्रितना पति खड्काले भने–‘हामी राष्ट्रिय एकताको मुल मन्त्रलाई शिरमा राखेर काम गछौं ।’

उहाँले नेपाल सरकारको प्राथमिकतामा परेको पदमार्ग संरक्षणकोकार्यक्रम जिम्मेवारीमा रहेको उल्लेख गर्नु भयो । नेपाली सेनाले पुर्वि प्रितना अन्तर्गतका विभिन्न गढीहरुको संरक्षण र संम्वद्र्धनको कार्यक्रमलाई पर्यटनसंग जोडेर काम गरिरहेको बताउनु भयो । उहँले विराटनगरको विराटराजाको दरवार उत्खन्न, भोजपुरमा निशान मन्दिर स्थापना, धनकुटाको निशानमा ३ सय वर्ष पुरानो ढुङ्गे धारा पुनःस्थापना, संखुवासभाको चैनपुर गढी, हेदाङ्गना गढी, भोजपुरको हतुवा गढी, उदयपुरको चौदण्डी गढी र धनकुटाको साँगुरीगढीको संरक्षणको विशेष कार्यक्रम वनाएर काम गरिरहेको बताउनु भयो ।

जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङले आजको दिनले नेपाली जनतालाई अनेकतामा एकता भएर वाँच्न आजको दिन प्रेरणा मिलोस भन्दै शुभकामना व्यक्त गर्दै उहाँले विश्वमा नेपाल जस्ता विकाशिल देशहरु शक्तिशाली देशहरुको उपनिवेश वनेका छन् । तर, नेपाललाई नेपाली जनताले त्यो अवस्थामा पु¥याउन दिएका छैन्न भन्दै आगामी दिन अझ् एकता र सशक्त भएर समृद्धिको बाटोमा अघि वढ्नु पर्नेमा जोड दिनु भयो ।

धरान उप–महानगरपालिकाका प्रमुख हर्क साम्पाङ्गले कार्यक्रमलाई सम्वोधन गर्दै भने–‘हामीलाई पार्टी, जाति, धर्मले नफुटाओस, अबको दिनमा हामी एक भएर अघि वढ्न सकियौ भने देशको विकास अवश्य हुन्छ ।’ प्रमुख साम्पाङ्गले थप्दै भने–‘यो देशको लागि सोच्न सकौं, बोल्न सकौं, हिड्न सकौं, वाँच्न सकौं, योगदान गर्न सकौं र मर्न सकौं ।’ उहाँले नेपालीहरुमा सामुहिक र एकता हुने भावानको कमि देखिएकाले राष्ट्रिय एकताको भावानाको विकास गर्न आजको दिनले नेपाली जनतालाई सद्वुद्धि दिओस भन्दै शुभकामना व्यक्त गर्नु भयो । नेपाली जनता एक नभएसम्म देशको विकास नहुने ठोकुवा गर्दै सम्पाङ्गले भने–‘तपाई हाम्रो खुशि र सुःखको लागि नेपाली जनताको एकता अपरिहार्य छ ।’

त्यसैगरी साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले साँगुरीगढी गाउँपालिकाले गढीको चौतर्फी विकासको लागि डिपिआर तयार पारी सकेकोले धरान उप–महानगरपालिका र नेपाली सेनासंग मिलेर प्रवद्र्धन गर्ने वताउनु भयो । उहाँले साँगुरीगढीमा आन्तरिक तथा वाह्य पर्यटक ल्याउने गरि सवैलाई समेटेर काम गर्ने दावी गर्नु भयो । कार्यक्रमलाई धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, भीमदल गणका गणपति सुमन थापा लगायतले सम्वोधन गरेका थिए ।

कार्यक्रममा नेपाली सेनाले वियज प्राप्त देखाईने नेपाली सेनाले छलै नृत्य, वहुमुखी पाठशाला धनकुटाका कलाकारहरुले विभिन्न मौलिक साँस्कृतिक नृत्यहरु प्रश्तुत् गरेका थिए । साँगुरीगढीमा कार्यक्रम आयोजना गर्नु पुर्व धरानको फुस्रे देखि साँगुरीगढीसम्म नेपाली सेनाको टोली, नागरिक समाज, सामाजिक संघ, संस्थाका प्रमुख एवं प्रतिनिधिहरु करिव ५ किलो मिटर करिव ७ सयको संख्यामा पदयात्रामा सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय