धनकुटा

स्वास्थ जीवनका लागि अर्गानिक खाना खान आवश्यक रहेकोमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । प्रदेश सरकार स्वाथ्य मन्त्रालय स्वाथ्य निर्देशनालय आयूर्वेदिक तथा वैकल्पीक चिकित्सा शाखा प्रदेश १ धनकुटाले आज धनकुटामा आयोजना गरेको नागरिक आरोग्य कार्यक्रम जिल्ला स्तरिय अभिमुखीकरण तथा अभियान संचालन कार्यक्रमका सहभागिहरुले स्वास्थ जीवनका लागि अर्गानिक आयुर्वेदिक खान खान आवश्यक रहेकोमा जोड दिएका हुन् ।

कार्यक्रममा आयूर्वेदिक तथा वैकल्पीक चिकित्साको प्रयोग तथा दैनिक जीवनमा गरिने खानपान, त्यसले स्वाथ्यमा पर्ने असर र कस्तो जीवन अपनाए उपयोगी हुन्छ, सर्ने रोग र नसर्ने रोगबाट कसरी बच्ने भन्ने लगायतका बिषयमा डा।केनिव राईले जानकारी गराउँनु भयो । उहाँले समुदाय स्तरमा समेत आयूर्वेदिक तथा वैकल्पीक चिकित्साको प्रयोग र खानपानका बिषय जानकारी गराउँन आवश्यक भएको बताउँनु भयो ।

उहाँले प्रदेश १ मा नसर्ने रोगको जोखिम तत्वहरुमा सूर्तिजन्य वस्तु सेवनका कारण २२ दशमलव ८ प्रतिशत, मध्यपान सेवनका कारण २३ दशमलव २३ दशमलव १ प्रतिशततनावका कारण ५८ दशमलव ५ प्रतिशत, बढी नुन भएका खानेकुरा खाएर २१ दशमलव १ प्रतिशत, उच्च रक्तचापका कारण २६ दशमलव ६ प्रतिशत रहेको जानकारी गराउनु भयो । कार्यक्रममा बोल्दै स्वयमसेविका सावित्रा वाग्लेले समुदाय स्तरमा यस्ता कार्यक्रम गर्नु आवश्यक भए पनि कार्यन्वयन पक्ष भने चुनौती पूर्ण रहको बताउँनु भयो । उहाँले यस्ता कार्यक्रम समुदाय स्तरमा पु¥याउने जिम्बेवारी महिला स्वथ्य स्वयम सेविकालाई दिइने भए पनि काम अनुसारको सेवा सुविधा भने नपाएको गुनासो गर्नुभयो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्यवय समितीका प्रमुख निरेन तामाङ्गले पछिल्लो समय मानिसहरु खान नपाए र भन्दा पनि खान नजानेर अस्वस्थ बन्दै गएको बताउँनुभयो ।

उहाँले हरेक नागरिकले शारिरीक व्यायम गर्न आवश्यक रहेको उल्लेख गर्दै खानपानमा समेत ध्यानदिनुपर्ने धारण राख्नु भएका थियो । स्वाथ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले धन्वन्तरीको समय देखि सुरुभएको आयूर्वेदिक तथा वैकल्पीक चिकित्सा पालना गर्नु पर्ने र सबैले स्वथ्यकर जीवन यापन गर्दे आयूर्वेदको विकासमा सहयोग गर्नु पर्ने बताउँनु भयो । उहाँले यी कार्यक्रमहरु वडा स्तर सम्म सञ्चालन हुने समेत बताउँनु भयो । कार्यक्रममा स्वथ्य स्वयम सेविका, स्वाथ्य तथा आयूर्वेदिक क्षेत्रमा कृयाशिल व्यक्ती योगगरु समाजसेवी पत्रकार लगायतको उपस्थिती थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय