धनकुटा ,,

धनकुटाको छथरजोरपाटी गाउपालिका वडा नं ६ सिधुवा बजारमा भएको आगालागि बाट ४९ लाख बराबरको क्षेति भएको छ । गएराति सन्तबहादुर राईको घरमा भाडामा बस्ने ललिता राईले सञ्चालन गरिरहेको फ्रेस हाउस बाट सुरुभएको आगालागि बाट काठ र टिनले बनेको २ तले घर पुर्ण रुपमा जलेर नष्ट हुदाँ २ तोला सुन ,नगद २ लाख ,२० वटा कुखुरा समेत जलेर नष्ट हुदा ३७ लाख बराबरको क्षेति भएको जिल्ला प्रहरीकार्यलय धनकुटाले जनाएको छ ।

त्यस्तै गरी डिक बहादुर खड्का र होम बहादुर थापाको संयुक्त २ तल्ले पक्की घरको माथिल्लो तल्लाको ट्रस तथा छानो बाट आगो सल्कीदा ट्रस तथा छानो पुर्ण रुपमा नष्ट हुदा ५ लाख बराबरको क्षेती भएको छ ।

यस्तै सोही अगालागी बाट झमक थापाको २ तल्ले पक्की घरको माथिल्लो तल्लामा सल्लकेको आगो बाट नगद ७० हजार ,५ थान खाट ,२ तोला सुन, टिभि लताकपडा गरी अन्दाजी ५ लाख बराबरको क्षेति भएको छ , भने अर्जुन घिमिरेको २ तले पक्की घरको माथिललो तल्लामा संचालनमा रहेको लज तथा कोठा र ट्रस, लताकपडा जल्दा १ लाख बराबरको क्षेति भएको प्रहरीले जनाएको छ ।

यस्तै फ्रेस हाउसबाट सुरुभएको आगोले सोहि निबासी डम्बर थापाको ५० हजार बराबरको काठ जलेर नष्ट भएको छ । फ्रेस हाउस बाट सुरु भएको आगालागि बाट एक घर सहित संगै जोडिएको घरमा सलकेको माथिल्लो तल्ला र गरगहना तथा जिन्सी सामान गरी जम्मा ४९ लाख बराबरको क्षेति भएको हो । आगो बसन्तपुर नगरपालिकाको दमकल,धनकुटा नगरपालिकाको दमकल र सस्त्रप्रहरी ,नेपाली सेना , प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय