हेटौंडा ।नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् ।
नेपाली कांग्रेसको सोमबार बसेको संसदीय दलको बैठकले उनलाई मुख्य सचेतकको भूमिका प्रदान गरेको हो ।बैठकमा दल नेता बहादुरसिंह लामाले उनलाई मनोनीत गरेको छ ।काफ्ले प्रदेशसभामा दोलखा १(१) बाट निर्वाचित सांसद हुन् ।

काफ्लेले नेकपा एमालेका जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठलाई पराजित गरेका थिए । काफ्लेले २२ हजार ७ सय ९७ मत ल्यएको थियो भने श्रेष्ठले १४ हजार ७ सय ५५ मत ल्याएका थिए । काफ्लेले ८ हजार ४२ मतान्तरले विजयी भएका हुन ।
कांग्रेसको १४औं महाधिवेशनबाट काफ्ले केन्द्रीय सदस्य भएका थिए । दोलखामा २०५२ मा भीमबहादुर तामाङले जितेपछि कांग्रेसका कुनै उम्मेदवारले पनि जितेका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय