सैलुङ।दोलखाका तामाङ समुदायले २८५९ औं ह्याेयी ल्हो (बिरालो वर्ष)सोनाम ल्होछारलाई विशेष पर्वको रूपमा मनाएका छन् ।

यहाँका तामाङ समुदायले नयाँ वर्षको रुपमा हरेक माघ शुल्क प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्वलाई जिल्लाका तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएका हुन्।जिल्लाको सैलुङ गाउँपालिकाका तामाङ समुदायले पनि विशेष कार्यक्रमको आयोजना गरेर मनाएका छन्।तामाङ जातिको बाहुल्यता रहेको सैलुङ गाउपालिकाको फस्कु,काटाकुटी,दुधपोखरी,भुसाफेदा लगायतको वडाहरुमा साँस्कृतिक कार्यक्रम गरेर नयाँ वर्षको स्वागत गरेका छन्।

ल्होछार कार्यक्रम (फस्कु)

सैलुङको तामाङ समुदायले ल्हो अर्थ वर्ग अर्थात वर्ष हो भने, छारको अर्थ नयाँ भएकाले बिरालो वर्षको रूपमा सोनाम ल्होछार मनाएर नयाँ वर्षलाई स्वागत गरिएको छ।

ल्होछार कार्यक्रम (दुधपोखरी)

प्रत्येक वर्ष एक÷एक वटा जनावर तथा चराचुरुगीको नाममा फेरिने ल्हो अर्थात वर्ग अनुसार बाघ वर्गलाई बिदा गरी विरालो वर्गलाई स्वागत गरिएको हो। सोनाम ल्होछार पर्वलाई उत्सवको रूपमा माघ शुक्ल प्रतिपदादेखि पुर्णिमासम्म मनाउने भए पनि विशेष गरेर तमाङहरुको घरघरमा दुई दिन भव्य रुपमा सोनाम ल्होछार मनाउँदै आएका छन् । ल्होछारमा विभिन्न गुम्बा, घर–घरमा पुजा गरी दज्र्यु गाड्ने, छो प्रसाद वितरण गर्ने शुभकामना आदानप्रदान गर्ने, मान्यजन बाट आशिर्बाद ग्रहण गर्ने, लामा पढाउने,होम गर्ने,चेलिबेटी, इष्टमित्र भेटघाट र सामुहिक भोज तथा सांस्कृतिक कार्यक्रम गरि मनाउने गर्दछ।सैलुङका तामाङ समुदायहरुले पनि तामाङ समुदायको साँस्कृतिक झल्काउने डम्फू बजाएर प्रसाद बाडेर बुद्ध मुर्तिमा सगुन चढाएर तामाङ गितमा रमझम गर्दै एक-आपसमा शुभकामना आदनप्रदान गरेर ल्होछार मनाएका हुन्।

ल्होछार कार्यक्रम (काटाकुटी )

यसैबीच जिल्लाका अन्य क्षेत्रमा रहेका तामाङ समुदायले पनि आज सोनाम ल्होछारलाई विभिन्न कार्यक्रम गरेर मनाएका छन्।जिल्लाको मेलुङ,विगु,बैत्यस्वोर तथा गौरीशंकर गाउँपालिका भित्र रहेका तामाङ समुदायहरुले पनि ल्होछार पर्व मनाएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय