धनकुटा ,
धनकुटाको शहिदभुमी गाउँपालिकाले गरिब परिचयपत्र वितरण शूरु गरेको छ । पालिकाले अहिलेसम्म विभिन्न वडाका १ सय ८० घरपरिवारलाई परिचयपत्र वितरण गरेको गाउँपालिकाले जनाएको छ । गोउँपालिकाको वडा नं ३ का १ सय १६, वडा नं ४ मा ४०, वडा नं ५ मा २४ घर परिवार गरि जम्मा उल्लेखित संख्याका गरिब परिवारलाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक सिता पौडेलले जानकारी दिनुभयो ।

अब बाँकी वडाहरुमा माघ १३ गतेसम्म परिचण्पत्र वितरण गरिने उहाँले वताउनुभयो । त्यस्तैगरि यो पालिकाको वडा नं ३ मा पशुमा लाग्ने रोग र त्यसको उपचारको वारेमा शिविर सञ्चालन गरिएको छ । शिविरमा १ सय १४ घरधुरी पशुपालक कृषकका बाख्रा १ हजार ७ सय ५०, गाई ३ सय ३५, भैसीं ९७, कुखुरा २ हजार २ सय २१, र ३ सय २९ बंगुरलाई लाग्ने विभिन्न रोगको औषधी निस्शूल्क वितरण गरिएको छ । भने ११ वटा कुकुरलाई रेविज विरुद्धको खोप लगाईएको छ । त्यस्तै यो वडाका जेष्ठ नागरिकहरुको निस्शूल्क स्वास्थ्य परिक्षण समेत गरिएको गाउँपालिकाका कर्मचारी दीपक राईले जानकारी दिनुभयो । यस्तै वडा नं ४ र ५ मा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ४५ जनाको स्वास्थ्य परिक्षण गरि निस्शूल्क औषधि वितरण गरिएको उहाँले वताउनुभयो ।

 

शिविरमा मेडिकल अधिकृत प्रेम वहादुर बस्नेत सहितको टोलिले फिजिकल चेकजाँच सहित आवश्यक सल्लाह सुझाव दिएको थियो । आजै ४ नं वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ‘’श्रमको सम्मान , राष्ट्रको अभियान’’ नाराका साथ न्युनतम रोजगार, नगरिकको अधिकार भन्ने सञ्चार’ अभिमुखीकरण सम्पन्न गरिएको छ । अभिमुखीकरणमा सो वडाका विभिन्न टोलका १८ देखी ६० वर्ष उमेर समूहका ५० जनाको सहभागिता थियो । अभिमुखीकरणमा प्रधानमन्त्री रोजगार कार्यक्रममा कसरी सहभागी हुने भन्ने प्रत्रियावारे जानकारी गराईएको संयोजक पौडेलले वताउनुभयो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत फकिर मोहमद,४ नं वडाध्यक्ष भीम वहादुर राई लगायतको उपस्थिती थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय