धनकुटा
जिल्ला अस्पताल धनकुटामा शल्यक्रियासहितको सुत्केरी सेवा सञ्चालनमा आएको छ । जिल्ला अस्पताल व्यवस्थापन समिति धनकुटाको पहलमा स्त्री रोग विशेषज्ञ डा. अमिताभ ठाकुर मार्फत सेवा सुचारु गरेकोे हो । प्रसुती सेवा सञ्चालनमा आए संगै हाल जिल्ला अस्पतालमा दिनमा दुइ देखि ३ जना गर्भवती महिलाको सल्यक्रिया मार्फत सुत्केरी भइरहेको अस्पतालका मेसु स्त्री रोग विशेषज्ञ डा. अमिताभ ठाकुरले जानकारी दिनुभयो । प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. ठाकुरले जटिल प्रकृतिका र डबल शल्यक्रिया प्रसुती (PREVIOUS CESAREAN SECTION ) शल्यक्रिया सेवा दिइरहेको बताउनु भयो ।

पछिल्लो समय ४ जना स्टाफ नर्स र १ जना एचए ( HA ) कर्मचारी थप गरेर अस्पतालले सेवालाई गुणस्तरीय बनाउन लागि परिरहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अहिले शल्यक्रिया प्रसुती सेवा सञ्चालनमा आए संगै जस्ले गर्दा धनकुटाका गर्भवती महिला अब प्रसुतीका लागि जिल्ला बाहिर जानुपर्ने झन्झट हटेको छ भने पुर्वि पहडी जिल्ला भोजपूर , तेह्रथुम , संखुवासभा जिल्लाका गर्भवती महिलालाई पनि सहज भएको छ ।

शल्यक्रिय प्रसुती सेवा सञ्चालनमा आए संगै अहिल्य भोजपूर , तेह्रथुम , संखुवासभा जिल्लाका गर्भवती महिला नै धेरै सुत्केरी हुन आउने गरेको डा. ठाकुरको भनाइ छ । घरिघरि पाछथर बाट पनि आउने गरेको डा. ले बताउनु भयो । साथै अस्पतालले थप सेवाग्रहीलाई सहजताका लागि अत्तिरीक्त स्वास्थ्य सेवा दिँउसो ३ बजेदेखि ५ बजे सम्म सञ्चालनमा ल्याइएको छ ।

शल्यक्रिया सहितको प्रसुती सेवा सञ्चालन भइरहदा जिल्लामा बल्ड बैंक नहुदा जोखीम रहेको भन्दै अस्पताल व्यवस्थापन समिति , स्थानिय सरकार ,प्रदेश , नागरीक समाज र विभिन्न सामाजिक संघसंस्थाले तत्काल स्थापना गर्नु पर्नेगर्नका लागि पहल भइरहेको स्त्री रोग विशेषज्ञ डा. अमिताभ ठाकुरले बताउनु भयो । यसै ब्लड बैक स्थापनाको विषयमा जिल्ला समन्व समिति धनकुटाका उपप्रमुख साबित्रा राईले पनि ब्लड बैंक स्थापनाका लागि पहल तथा छलफल अगाडि बढिरहेको बताउनु भयो । अस्पताललाई थप जेनेरल सर्जन आवाश्यक रहेको बताएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय