सैलुङ । नेकपा( माओवादी केन्द्र) सैलुङले २८ औं जनयुद्ध दिवस मनाएको छ ।नेकपा माओवादी सैलुङ गाउँ पार्टीले जनयुद्धको क्रममा बोत्ले हत्याकाण्ड लाई स्मरण सहित बोत्लेमा जनयुद्ध दिवस मनाएको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) पोलिटब्युरो सदस्य तथा संघिय सभासद गंगा कार्कीले जनयुद्धकै कारण जनताको अधिकार सहित गाउँ सम्म सिंहदरबारको ब्यबस्था भएको बताउनु भयो ।जनयुद्धले सरकारमा ठुला ब्यक्तीको मात्र सहभागी हुने ब्यबस्था परिवर्तन गरि आज गरिबको छोराहरु पनि सत्तामा जाने ब्यबस्था ल्याएको बताए । सरकारले जनयुद्ध दिवसको उपलक्ष्यमा सार्वजनिक विदा दिएर सहिद, वेपत्ता घाइते अपाङ सहित सिंगो जनयुद्धलाई सम्मान गरेको बताउनु भएको छ।

सैलुङ गाउँपालिकाको बोत्लेमा आयोजित जनयुद्ध दिवस कार्यक्रममा सैलुङ गाउपालिका अध्यक्ष रिमालबाबू श्रेष्ठ,नेकपा (माओवादी केन्द्र)दोलखाको सचीव ज्योति श्रेष्ठ लगायतको नेताहरुको सहभागी भएका थिए । सो कार्यक्रममा सैलुङ गाउँपालिका भित्र रहेको सहिद परिवारलाई दोसला सहित सम्मान गरिएको थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय