काठमाण्डौ,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहमा अलि–अलि पुरानो झझल्को बाँकी रहेको टिप्पणी गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा पत्रकारहरूले प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले राजनीतिक दलहरूलाई आफूसँग मिलेर जान भनी दिएको सन्देशलाई लिएर प्रश्न गरेपछि अध्यक्ष ओलीले दुईरचार जना मान्छे देख्यो कि पूर्वराजालाई पुरानो झल्कोले सताउने गरेको टिप्पणी गर्नुभएको हो । पूर्वराजा ज्ञानेन्द्र आफैँ अलमलमा रहेको उहाँको भनाइ छ ।

पूर्वराजाले पार्टीहरूसँग सहकार्यको प्रस्ताव गर्नुभएको सन्दर्भमा प्रतिक्रिया दिँदै ओलीले पूर्वराजा आफैँ राजनीतिमा हिँड्नुभएको बताउनुभयो । दलहरूले केही गरेनन् भन्ने प्रश्न गर्दा दुई सय ४० वर्ष राजतन्त्र हुँदा देशले के पायो भन्ने हेर्नुपर्ने उहाँको भनाइ छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा विज्ञप्ति निकालेर प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यमा ढिलाइ गर्न नहुने अभिव्यक्ति दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय