लुम्बिनी प्रदेश सरकारले बढ्दो खानेपानीको माग सम्बोधनमा देखिएका चुनौतीको व्यवस्थापन सहकार्यका लागि सबै क्षेत्रसँग सहकार्य गरेर काम गर्ने भएको छ ।

लुम्बिनी प्रदेशका खानेपानी ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले ५ वर्षभित्रमा यस प्रदेशमा खानेपानीको विस्तार हुने बताउनुभएको हो । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले सदरमुकाम सन्धिखर्कमा आइतबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

आवश्यताको आधारमा विभिन्न मापदण्ड तयार पारेर सबैको घर(घरमा खानेपानीका योजना सम्पन्न गर्ने योजनाका साथ अगाडि बढेको मन्त्री आचार्यले बताउनुभयो । जिल्लामा थालनी गरेका कामलाई निरन्तरता दिंदै अधूरा कामलाई पनि क्रमश अगाडि बढाउने उहाँले बताउनुभयो ।

यस अघिको प्रदेश सरकारको पालामा खानेपानी क्षेत्रमा प्रदेश सरकारमा ४ सय वटा योजना भएको उहाँले बताउनुभयो । तर अहिले बढेर ११ सय वटा योजना पुगेको उहाँको भनाइ थियो । यता जिल्ला अस्पताल अर्घाखाँची सुधारको लागि पहिला भौतिक पूर्वाधार निर्माण गर्ने मन्त्री आचार्यले बताउनुभएको छ। अर्घाखाँची जिल्ला अहिले भाग्यमानी जिल्ला भएको उहाँले बताउनुभयो ।

जिल्लामा संघीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र प्रदेशमा खानेपानी ग्रामीण तथा शहरी विकास मन्त्री प्राप्त हुनु भनेको जिल्लाको हरेक विकास क्षेत्रमा काम गर्नको लागि सहज वातावरण सिर्जना हुने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय