काठमाडौं । नेकपा एमाले दोलखा जिल्ला कमिटी सचिव हिराकुमार थोकरले आफूमाथि पार्टी सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । उनले १८ बुँदे लामो स्पष्टीकरण पार्टीलाई बुझाएका छन् । एमालेले उनलाई निर्वाचनमा समयमा अन्तर्घात गरेको भन्दै स्पष्टीकरण सोधेको थियो । उक्त स्पष्टीकरणको जबाफमा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समेत सम्बोधन गरेर विभिन्न प्रश्न गरेका छन् ।

उनले आफूमाथि संगीन आरोप लागेकाले निष्पक्ष छानविन गर्न जिल्ला कमिटी, बागमती प्रदेश संगठन कमिटी केन्द्रीय अनुसाशन आयोग र केन्द्रीय कमिटीलाई अनुरोध गरेका छन्। दोषी ठहरिएमा जुनसुकै कार्वाहीको भागीदार हुन आफू तयार रहेको उनले बताएका छन्। अहिलेसम्म नेता तथा कार्यकर्ता र आम जनताले दिनु भएको विश्वासलाई कति पनी डगमगाउन नदिने प्रतिबद्धता गर्दै उनले पार्टीमा निरन्तर लागिरहने अठोट गरेका छन् । ‘स्पष्टीकरणको लागि कमरेड अध्यक्षलाई हार्दिक धन्यवाद दिँदै अन्य नेता कार्यकर्तामाथि मलाई जस्तै मिथ्या आरोप नलगाई पार्टीलाई एकताबद्ध र संगठीत बनाउन हार्दिक अनुरोध गर्दै यो स्पष्टिकरण पेश गरेको छु ।’ उनले अन्त्यमा लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय