काठमाडौं । बागमती प्रदेश सरकारले गठन गरेको प्रदेश निजामती सेवा गठनले संघीय लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन सहयोग पुगेको विधयेक व्यवस्थापन विशेष समितिका संयोजक तथा सांसद डा.दिनेशचन्द्र देवकोटाले बताए । विशेष समितिको तर्फबाट प्रदेशसभामा प्रदेश निजामति सेवा गठन, सञ्चालन र सेवाका सर्तहरूको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्दै उनले यो एउटा कोशेढुंगा भएको दाबी गरे ।

फागुन १४ गते बसेको १३ औं बैठकले प्रदेश निजामती सेवा गठन, सञ्चालन र सेवाका सर्तहरूको सम्बन्धमा बनेको विधेयक पारित गरेको छ । विधेयकमाथि भएको दफाबार छलफलको निर्णय प्रस्तुत गर्दै डा.देवकोटाले यो विधेयकले कर्मचारीहरूको समस्यालाई मुख्य रूपमा सम्बोधन गरेको बताए ।

स्थानीय तहको सेवा गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसमेत पारित भएको छ । यी २ विधेयक मुख्यमन्त्री शालिकराम जम्कटेलले प्रस्तुत गरेका थिए । विधेयकमाथि छलफल गर्न सांसद देवकोटाको संयोजकत्वमा समिति बनेको थियो ।

आशा लामा, उद्व थापा, कुन्दन राज काफ्ले, छिरिङ दोर्जे लामा, जयराम थापा, प्रकाश श्रेष्ठ, रामकृष्ण चित्रकार, रत्नप्रसाद ढकाल, राधिका तामाङ, बसन्तप्रसाद मानन्धर, शैलेन्द्रमान बज्राचार्य, मधुसूदन पौडेल, सृजना सायजु, सुरेन्द्रराज गोसाइ र रमा आले मगर सदस्य रहेको विधयेक व्यवस्थापन विशेष समिति बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय