धनककुटा ,
धनकुटामा बसोबास गर्ने माझिसमुदाएले “लदी“ कोशीपूजा गर्दै मनाएकाछन् । माझि समुदायको बहुल्यता रहेको धनकुटाका विभिन्न ठाउमा बसोबास गर्ने माझिहरुले आज “लदी“ कोशी पूजा गर्दै धुमाधाम सँग मनाएका हुन । फागुनमहिनाको तेस्रो मङ्गलबार माझी समुदायले कोशीपूजा गर्ने चलन रहेको छ ।
माझिहरुले आज“लदी“ कोशी पूजा धुमाधाम सँग गरिएको नेपाल माझि उत्थान संघ जिल्ला कार्यसमिती धनकुटाकाअध्यक्ष पवित्रा माझीले बताउनु भयो। उहाँको अनुसार माझी समुदायले आज खोलामागएर जल देवताको पूजा, शिनेभुमे, गणेश, शिवतथा स्थानीयको देवता, पन्चकन्यापोखरीमापूजा गरिएको बताउनु भयो।

यस अवसरमा जल देबतालाई पुजा आज गरी प्रसाद ग्रहण गर्न चलन रहेको छ। यसरी पूजा गर्नुको उदेश्यजल देवतालाई खुशीपारेमा अन्नबाली सप्रने, मानिस स्वस्थ्य रहने धार्मिक विश्वास रहेको अध्यक्षमाझीले बताउनु भयो। माझीहरुको बाहुल्यता लेगुवा , कुसेटार, साप्तीङ्ग,भैसेटार लगायतका स्थानमा यो पुजा गर्ने चलन छ । विभिन्न ठाउँमा छरिएर रहेका सीमान्तकृत माझी समुदायको उत्थानतथा जनसंङ्ख्या वृद्धि गर्नको लागि सरकारले विशेष सहयोग गर्नुपर्ने अध्यक्ष माझिले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय