काठमाण्डौ ,

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनमा भएको सहमतिअनुसार नै अघि बढ्ने बताउनुभएको छ । राष्ट्रपतिको चुनावको सन्दर्भमा आज शुक्रवार काठमाण्डौमा आयोजित संयुक्त गठबन्धन दलहरूले आयोजना गरेको अभिमुखीकरणमा उहाँले गठबन्धनमा भएको सहमतिबाट कांग्रेस दायाँ–बायाँ नलाग्ने स्पष्ट गर्नुभयो ।

‘आठ दलले पाँच वर्षका लागि गरेको सहमतिबाट कांग्रेस पछि हट्दैन, गठबन्धनलाई विश्वासका साथ अघि बढाउनु आजको आवश्यकता हो’, उहाँले भन्नुभयो । कांग्रेस संविधान कार्यान्वयन र नागरिकमा परिवर्तनको आभास दिन प्रतिबद्ध रहेको भन्दै उहाँले गठबन्धनलाई पाँच वर्ष काम नगर्ने छुट नभएको बताउनुभयो ।

महामन्त्री थापाले राष्ट्रपति पदको गरिमा र मर्यादालाई उँचो बनाउनका लागि रामचन्द्र पौडेल सबैभन्दा उपयुक्त पात्र भएको जिकिर पनि गर्नुभयो । पौडेल गणतन्त्र स्थापना, लोकतन्त्र र संविधानका लागि लडेको निष्ठावान् व्यक्ति भएको भन्दै उहाँले राष्ट्रपति पदमा निर्वाचित गर्नुपर्ने बताउनुभयो ।

उहाँले उपराष्ट्रपतिको चुनावपछि मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्नेसमेत बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले पदको लोभ नगरि संविधान र व्यवस्थाको रक्षाका लागि नयाँ गठबन्धनलाई समर्थन गर्नुभएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय