धनकुटा,
धनकुटा बहुमुखी क्याम्पसमा सर्वसम्मत रुपमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सभापतिमा अनेरास्ववियुका सन्तोष बुढाथोकी निर्वाचित भएको छ । स्ववियु निर्वाचनका लागि दर्ता भएका पाँच विद्यार्थी संगठनले सर्वसम्मतरुपमा सन्तोष बुढाथोकीको नेतृत्वमा स्ववियु गठन गरेको हो ।
स्ववियु निर्वाचनका लागि कांग्रेस नेपाल विद्यार्थी संघ नेविसंघ, एमालेका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु, माओवादी केन्द्र अखिल क्रान्तिकारी, नेपाल समाजवादी पार्टी समर्थित समाजवादी विद्यार्थी युनियन, र नेकपा ९एकीकृत समाजवादी अनेरास्ववियूलगायतका पाँच विद्यार्थी संगठन दर्ता भएको निर्वाचन अधिकृत मानबहादुर भण्डारीले जानकारी दिनु भयो। विद्यार्थी संगठनहरु सर्वसम्मत रुपमा दर्ता गर्न आएको निर्वाचन समितिका सदस्य–सचिव जीवनकुमार मिश्रले बताउनु भयो । उहाँका अनुसार पाँच विद्यार्थी संगठनले अध्यक्ष, सचिव, कोषाध्यक्षसहित सदस्यहरुमा सर्वसम्मत उम्मेदवारी दर्ता गराएका हुन् ।

नवगठित स्ववियुको सभापतिमा एमाले समर्थित अनेरास्ववियुका सन्तोष बुढाथोकी चयन भएका छन् । यसैगरी सचिवमा नेविसंघका सुवास खनाल र कोषाध्यक्षमा अनेरास्ववियुका युवा तिम्सिना चयन भएका छन् । स्ववियु सदस्यहरुमा नेविसंघकी मेलिना राई, अनेरास्ववियुका प्रविण खनाल र टेकेन्द्र सापकोटा, एकीकृत समाजवादी समर्थित अनेरास्ववियुका मनोज तामाङ, अखिल क्रान्तिकारीका विपनराज थापा र निरुता थापा मगर र समाजवादी विद्यार्थी युनियनकी निशा राई चयन भएका छन् । यसैगरी समानुपातिकतर्फ स्ववियु सदस्यहरुमा नेविसंघबाट सुवास भण्डारी र अनिश भट्टराई, अयेरास्ववियुबाट नविन पौडेल, भूमिराज राई, सुजन सुवेदी, मुना चापागाईँ, कविता विश्वकर्मा, अनेरास्ववियूकी नानुका ठकुरी र अखिल क्रान्तिकारीका किशोरकुमार रायमाझी चयन भएका छन् ।

तेस्तै जिल्लाको पाख्रिबास नगरपालिका स्थित रहेको जाल्पादेवी क्याम्पसमा पनि सर्वसम्मत निर्मला कार्कीको सभापतिमा स्ववियु गठन गरिएको छ भने धनकुटा नगरपालिका हिलेमा रहेको हिले क्याम्पसमा विशाल तितुङ सभापतिमा सर्वसम्मत स्ववियु गठन गरेको हिले क्यामपसले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय