काठमाडौँ । नेकपा एमाले निटक राष्ट्रिय युवा संघ काठमाडौँ महानगर कमिटीको पहिलो अधिवेशन सम्पन्न भएको छ । युवा संघले काठमाडौँको हाँडीगाउँमा संघको अधिवेशन सम्पन्न गरेको हो ।

अधिवेशनबाट दिपेश सुधाकरको नेतृत्वमा ४७ सदस्यीय युवासंघ महानगर कमिटी बनेको छ । उपाध्यक्षमा चन्दन सिंहधारी, सचिव विराज राजउपाध्यय, सहसचिव पुणम महर्जन र अमृत महर्जन, कोषाध्यक्ष पवित्रा कुमारी छन् । कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष, महासचिव, जिल्ला पार्टी सचिवलगायतको उपस्थिति थियो ।

संघको केन्द्रीय अध्यक्ष किरण पौडेलले काठमाडौँमा एमालेले सहि ढंगले कार्यकर्ता परिचालन गर्न नसक्दा आफूहरूले पराजय भोग्नु परेको बताए । उनले बोलेनलाई देशविदेश रहेका छोराछोरीले आफ्नो आमा—बुवालाई दबाब दिएर भोट हाल्न लगाउदा एमालेले योग्य उम्मदेवारको प्रचारसमेत सहि ढंगले गर्न नसकेको बताए । यो अधिवेशनबाट बनेका कमिटीले आगामी निर्वाचनमा विजय हुने गरि तयारी थाल्न उनको निर्देशन छ । उनले स्वतन्त्र विद्यार्थी युनियनलाई पूर्ण रूपमा सहयोग गर्न पनि युवा संघ महानगर कमिटीलाई निर्देशन दिएका छन् ।

अध्यक्ष पौडेलले युवा संघले काठमाडौँको प्रत्येक वडामा पुगेर जनताको समस्यालाई समाधान गर्न लाग्न निर्देशन दिएका छन् । उनले नियमित कार्यक्रम बनाएर जनताको बीच जाने र जनताको समस्या समाधान गर्न युवा संघले नेतृत्व गर्न समेत निर्देशन दिएका छन् ।

राजनीति निरन्तर रूपमा गर्नुपर्ने भन्दै पूर्वसांसद तथा काठमाडौँ जिल्लाका सचिव राजेश शाक्यले युवा संघ महानगर कटिमीले जनभावना अनुसार काम गर्ने विश्वास व्यक्त गरे । अहिले र पहिलेका आवश्यकता फरक भएकाले कार्यक्रमहरू पनि फरक हुनुपर्ने उनले बताए । उनले कानठमाडौंमा मेयर बालेन शाहबाट पीडित भएकाहरूलाई मुद्दा बनाएर अघि बढ्न युवा संघलाई आग्रह गरेका छन् । युवा पंक्ति सही रूपमा पार्टी संगठन निर्माणमा लागेको अवस्थामा मात्र पार्टीले चुनाव जित्ने उनको भनाइ छ ।

कार्यक्रममा युवा संघका केन्द्रीय महासचिव क्षतिज थेवेले युवा संघ निर्माण गर्नु मात्र ठुलो कुरा नभएको बताए । उनले नेतृत्व निर्माण मात्र ठुलो कुरा नभएको भन्दै उनले युवाहरूको सम्मेलनमा ठोस निष्कर्ष निकाल्न सक्नु पर्ने बताए । उनले एमालेले मिसन ग्रासरूट चलाइ रहेको अवस्थामा त्यसलाई सहयोग गर्न केके गरियो भन्ने पनि देखाउनु पर्ने बताए । उनले अब ३० वर्ष मुनिका युवाहरूले महानगर सञ्चालन गर्ने उद्देश्य राखेर काम गर्न समेत आग्रह गरे । उनले प्रत्येक वडाबाट कसरी र कति युवा संगठनमा जोड्यौं भन्ने विषय मुख्य रहेको उनले बताए ।

थेवेले अहिले भएको गतिविधिको समिक्षा गर्नुपर्ने बताए । उनले पार्टी वा संगठनले गरेका गतिविधि सहि छैनन् भने त्यसलाई परिमार्जन गर्ने की नगर्ने त्यो विषय गम्भीर रहेको उनले बताए । अब बन्ने प्रत्येक कमिटीमा नयाँ युवाहरूलाई ल्याउनै पर्ने उनले बताए । नयाँ सदस्य बिनाको कमिटी एमाले विस्तार नहुने उनको दाबी छ । युवा संघले उठाएको मुद्दा आम युवाहरूको हुनपर्ने उनले बताए ।

देशको पहिलो महानगर भएको भन्दै युवासंघका केन्द्रीय उपाध्यक्ष सुमन पुरिले महानगर जस्तो ठाउँमा महानगरमै नियमित अधिवेशन गर्न नसक्नु विडम्बना भएको बताए । हिजो र आजको कार्यक्रम फरक भएको भन्दै उनले आजको कार्यदिशा समृद्धि हुनुपर्ने बताए । युवा संघले चाहेको अवस्थामा जे पनि गर्न सक्ने भन्दै महानगरले फोहोर नउठाउँदा समेत युवा संघले उठाएको उनले बताए ।

उनले महानगरमा एमालेको राम्रो कामको प्रचार गर्न नसकेको बताए । युवाको नाममा कसैले घण्टी बजाउँदा, कसैले लौरो ठट्टाउँदा केपी ओली नेतृत्वमा भएको राम्रो काम प्रचार गर्न समेत नसकेको उनले बताए ।
७० वर्षपछि सक्रिय राजनीति गर्न नपाउने एमालेको विधानमा व्यवस्था भएको भन्दै अबको १०—१५ वर्ष पछि पार्टी र देशको नेतृत्व गर्ने जिम्मेवारी अहिलेका युवाहरूकै काँधमा आउने बताए । त्यसका लागि युवाहरू अहिलेदेखि नै तयार हुनुपर्ने उनले बताए । उनले युवाहरूले आगामी कार्यदिशा प्रष्ट बनाएर लाग्नुपर्ने बताए ।

नव निर्वाचित अध्यक्ष दिपेश सुधाकरले काठमाडौं महानगर आफू केही गर्ने इच्छा बोकेर राजनीतिमा आएको बताए । उनले युवाहरूले राजनीति सफा गर्न पनि राजनीति गर्नुपर्ने बताए ।

उनले अहिले नेताहरूलाई चिया पसलमा बसेर गाली गर्नेहरूले आफूले देशका लागि के गरेर भनेर हिसाव किताव गर्नुपर्ने सुझाव दिए । उनले अब संगठन मासमा भन्दा कमिटीगत प्रणालीलाई व्यवस्थित गरेर अघि बढ्ने बताए । महानगर कमिटी सानो तर चुस्त बनाउने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय