काठमाडौँ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाले सीप सम्मेलन तथा कृषि मेला आयोजना गरेको छ । ‘स्थानीय उत्पादनको प्रवर्द्धन गरौं, राष्ट्रिय अर्थतन्त्रलाई जोगाँउ’ भन्ने नाराकासाथ बुनपाले वडा नम्बर ४ मा रहेको बुढानिलकण्ठ मन्दिर परिसरमा मेला आयोजना गरेको हो ।

नगरपालिका भित्र रहेका स्थानीय उत्पानहरूलाई प्रवर्द्धन गर्ने मुख्य उदेश्यले मेला आयोजना गरिएको मेयर मिठाराम अधिकारीले बताए । नगरपालिकाले नगरभित्रका नागरिक आफ्नो खुट्टमा आफै उभिउन् भन्ने चाहना राख्ने मेयर अधिकारीको भनाइ छ । अधिकारीले बुढानिलकण्ठमा भएको स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले यो सम्मेलन गरेको उनले बताए ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै सबै नागरिकलाई आत्मानिर्भर बनाउँदै धनी र सम्पन नागरिक बनाउने उद्देश्य भएको मेयर अधिकारी बताउँछन् । उनले नगरभित्र कति नागरिकहरू आफ्नो उत्पादन गर्न सक्छन् भन्ने एउटा रेकर्डको लागि पनि यो सम्मेलन आवश्यक भएको उनी बताउँछन् । उनले धेरै घरेलु उद्योगीहरू स्टल नपाएर प्रवर्द्धनमा आउन नसकेको भन्दै गुनासो आएको सुनाए । आगामी वर्षमा यसलाई विस्तार गर्दै जाने उनले योजना सुनाए ।

मेयर अधिकारीले यो सम्मेलनले नगरपालिकालाई औद्योगिक क्षेत्रमा कुन ठाउँमा के उत्पादन हुन्छ, भन्ने रेकर्ड भएको सुनाए । बैंकसँग सहकार्य गरेर घरेलु उद्यमीहरूलाई आर्थिक सहयोगको प्रवन्ध गर्ने नगरपालिकाको तयारी छ । यो मेला सकिएपछि सबै घरेलु उद्योगीहरूसँग छलफल गरेर घरेलु उत्पादनका लागि नगरपालिकाले गर्नपर्ने सबै खाले सहयोग गर्ने मेयर अधिकारीले बताए ।

चैत ३ र ४ गते सञ्चालन हुने मेलामा ७४ वटा स्टल रहेको छ । नगरपालिकाले ७१ वटा स्टललाई अग्रिम प्रर्दशनीको अनुमति दिएपनि अन्तिम समयमा ३ वटा स्टललाई थपिएको नगरपालिका कर्मचारी रबिन भण्डारीले जानकारी दिए । नगरभित्र उत्पादन हुने सागसब्जीदेखि लत्ताकपडा र निर्माणका समाग्रीहरू समेत स्टलमा बिक्रीका लागि राखिएको छ । यसरी बिक्रीमा रादिएकामध्ये सबैभन्दा धेरै खाद्यान्यहरू बिक्री भएका छन् । जसमा अचारलगायत रहेका छन् ।

मेलामा स्थानीय उत्पादनलाई प्रदर्शन गर्न पाउँदा आफूहरू खुसी भएको व्यवसायीहरू बताउँछन् । आफूले घरेलु रूपमा उत्पादन गर्दै आएको उत्पादनलाई नगरपालिकाले प्रवर्द्धन गर्न सहयोग गर्न मेला गर्दा धेरै खुसी भएको उनीहरू बताउँछन् । घरेलु व्यवसायीहरूले आफूहरूले नसोचेको विषय नगरपालिकाले गरेको भन्दै आगामी दिनमा आफ्नो उत्पादनलाई बजारसम्म लान नगरपालिकाले सहयोग गर्ने अपेक्षा गरे ।

यो मेलाको उद्देश्य घरेलु उत्पादन प्रवर्द्धनसँगै दक्ष जनशक्ति उत्पादन गर्नु पनि भएको उपमेयर अनिता लामाले बताइन् । उनले आफ्नो नगरपालिकामा परम्परागत रूपमा उत्पादन भएको धेरै कुराहरू लोभ हुने अवस्थामा रहेको बताइन् । स्थानीय उत्पादनलाई प्रवर्द्धन वा विकास गर्दा धेरै नागरिक घरेलु रूपमा नै स्वरोजगार र आर्थिक रूपमा सक्षम हुने ठानेर नगरपालिकाले मेलाको आयोजना गरेको उनले बताइन् ।

नगरपालिकाको यो सम्मेलन घरेलु उद्यमीको रिपोर्ट लिने काम भएको उनी बताउँछिन् । उनले भनिन्, ‘यहाँ धेरै मानिसहरू घरेलु उत्पादनमा जोडिनु भएको छ । कोहीको चलिरहेको छ । कोहीको छैन । कति चलेको छ, कति छैन र त्यसको समाधान के हुन्छ, भन्नको लागि यो मेला महत्वपूर्ण छ ।’ घरेलु उत्पादनलाई प्रवद्र्धन गर्ने भनिए पनि कहिले पनि संस्थागत सुरु नभएका कारण पनि यो सुरुआत भएको दाबी छ ।

रैथाने तामाङ नेवारहरूको सम्पति, संस्कार र सीप सबै मासिएको भन्दै समाजिक र सांस्कृत पक्षलाई पनि मजबुद बनाउँदै जाने उनले बताइन् । उपमेयर लामाले भने जस्तै मेलामा राखिएको सामाग्रीहरू घरेलु उत्पादन मात्र थिए । स्थानीय रूपमा पाइने कज्जा पदार्थलाई प्रयोग गर्दै कपडा, महिलाका शृङ्गारमा समानहरू मात्र हैन खाद्य समानहरू पनि बनेका छन् । धागो, फुर्का, काँटा, लत्ता कपाडा, अचार, सागका गुन्द्रुक, मुलाका गुन्द्रुक, च्याउँका अचार मात्र होइन बुङ्गुरका अचार, खुर्सानीका अचारलागयत सामानहरू प्रदर्शन र बिक्रीमा राखिएका छन् ।

यो मेलाले रैथाने जीवन शैलीको बहस सुरु गर्ने उपमेर लामाको दाबी छ । उनले यी उत्पादनलाई बजारीकरणमा नगरपालिका सहयोगी भन्ने प्रतिवद्धता व्यक्त गरिन् । तर, अहिले मेलामा सहभागी उद्योगीहरूले आफ्नो उत्पादन विदेशमा बेच्छन् । कोहीले भने अनलाईन माध्यमबाट आफ्नो उत्पादनको बजारीकरण मात्र होइन बिक्री पनि गर्छन् । आफ्नो उत्पादनले उचित बजार नपाएर भौतारी रहेका घरेलु उद्योगीहरू यो मेला तीर्खाको पानी जस्तो भएको बताउँछन् ।

चकटी, बत्ति काट्न आफैले सिकेका कृष्ण कुमारी लुइटेल आफ्नो उत्पादन कहाँ बेच्ने कसरी बेच्ने भएको अवस्थामा नगरपालिकाले यो मेला गर्दा खुसी भएको बताइन् । आफ्नो उत्पादनको बिक्री विरण गर्ने दीर्घकालीन बजार नगरपालिकाले व्यवस्थापन गरिदिए हुन्थ्यों भन्ने उनको अपेक्षा छ । लक्ष्मी थापाको पनि नगरपालिकासँग उस्तै अपेक्षा छ । उनले आफू बेरोजगार भएको र केही जानेको सीपलाई नगरपालिकाले बजारीकरण गरिदिए रोजगारी भएर बाँच्च सक्ने आश गर्छिन् ।

घरेलु उद्योगीको समस्या समाधान गर्न नागरपालिकाले उनीहरू कै नेतृत्वमा एउटा समिति बनाउने र हाटबजारको कन्सेप्टमा व्यवस्थापन गर्ने उपमेयर लामाले योजना सुनाइन् । योसँगै उनले यस्तो मेला प्रत्येक पटक फरक वडामा गर्ने विषयमा पनि नगरपालिकाले सोच बनाइरहेको सुनाइन् । उनले यो छोटो र फेसनको रूपमा नभइ दीर्घकालीन रूपमा व्यवस्थापन गर्ने गरी सुरु गरिएको बताइन् । विकास डोजर खन्दा मात्र नहुने भन्दै उनले समाजिक, सांस्कृत, आर्थिक क्षेत्रलाई विकास गर्नु पनि विकास भएको बताइन् । उनले यसरी तत्लो तहमा रहेको नागरिकलाई विकास गर्दा मात्र देश साच्चै देश हुने बताइन् ।

सागको गुन्द्रुक, मुलाको गुन्द्रुक, अचार, साग, लसुन लगायत आफ्नो उत्पादन बेच्न ल्याएकी झुमा तामाङ नगरपलिकाको यो आयोजन आफूलाई असाध्यै मन परेको बताउँछिन् । उनले यो उत्पादन गर्न कतैबाट सीप सकेकी भने छैनन् । आफ्नो आमा बुबाले गर्दै आएको सीपलाई आफूले पनि सिकेको उनी बताउँछिन् । आफ्ने बारीमा उत्पादन हुने तरकारीलाई विभिन्न किसिमका बनाएर पहिलो चोटी बेचेको बताइन् । अब नगरपालिकाले बेच्ने ठाउँ बनाइदिए आफूले पनि व्यवसायिक रूपमा उत्पादन गरेर बिक्री थाल्ने उनको तायरी छ ।

२०७५ सालमा आधारभूत तालिम लिएर सुरु गरेकी जन जागृति महिला समूहकी अध्यक्ष सरस्वती नेपाली अहिले धेरै शृङ्गारका सामान बनाउ सक्छन् । उनले लामा, धागो, काँटा, फुर्का लगायत समानहरू बताउँछन् । उनले यो समानहरू फेसबुक, टिकटकबाट बेच्ने गरेकी छिन् । कहिले महिना भरी पनि बिक्री नहुने यो समान कहिले काँही चाही राम्रो बिक्री हुने उनी बताउँछिन् ।

प्रत्येक स्टलमा मेयर उपमेयर पुगे उद्योगीहरू विषयमा चासो राख्दा उनीहरू खुसि देखिन्थे । नगरपालिकाको यो आयोजना राम्रो भएको प्रतिक्र्रिया मात्र दिएनन्, आफ्नो उत्पादनलाई बजारीकरण गर्न ठोस योजना समेत ल्याउन माग गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय