धनकुटा ,

धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ९ मा नेकपा एमालेले आफ्नो १३ सदस्यीय जेष्ठ कम्यिुनिष्ट मञ्च गठन गरेको छ ।

वडामा आज आयोजित एक कार्यक्रमको वीच हिरामान घिसिङको अध्यक्षतामा जेष्ठ कम्यिुनिष्ट मञ्च गठन गरिएको हो । मञ्चको सचिवमा वीरबहादुर जर्घा मगर रहनुभएको छ ।

अन्य सदस्यहरुमा मान बहादुर सूर्यआले,सुरजमान घिसिङ,प्रेमबहादुर आले, चन्द्रबहादुर मोक्तान,ईन्द्रबहादुर मोक्तान,रामबहादुर मस्राङी,धनबहादुर मस्राङी,सुन्दरसिंह योञ्जन, शेरबहादुर मोक्तान,झकलबहादुर मोक्तान र गोपाल घिसिङ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय