मिसन ग्रासरूट पार्टी सुदृढीकरण तथा बिस्तार अभियान नेकपा एमाले महालक्ष्मी नगरपालिका कमिटीको आयोजनामा सञ्चालन भइरहेको कार्यक्रम सम्पन्न भएको छ । नगरले गएको फागुन महिनाबाट वडा र टोल सम्मको २ महिने कार्ययोजना निर्माण तथा कार्यबिभाजन गरेर अभियान सञ्चालन गरेका थिए ।

महालक्ष्मी नगर कमिटीले शनिबार एक कार्यक्रमका बिच अभियानको समापन गरिएको हो । नगर कमिटीले सम्मान तथा वनभोज कार्यक्रम सञ्चालन गर्दै पार्टीको २ महिने अभियान मिसन ग्रासरुट सम्पन्न गरेका थिए । यो अभियान भरी नगरकमिटीले नगरका वडा स्तरीय , टोल स्तरीय भेला बैठक , पार्टी सदस्यता निवकरण , नयाँ सदस्यता वितरण , विभिन्न जनसंगठन विस्तार तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको नगरकमिटीले जानकारी दिएकाछ्न् ।

पार्टीको केन्द्रीय सदस्य प्रमुख अभियान्ता लक्ष्मी गौत्तमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टी अध्यक्ष इन्द्रमणी पराजुली, प्रदेश कमिटी सदस्य दिपक बुढाथोकी ,जिल्ला सचिवालय सदस्य महालक्ष्मी नगर ईन्चार्ज मन्जु कार्की अधिकारी ,सचिवालय सदस्य एव प्रचारप्रसार बिभाग प्रमुख साबित्रा राई , जिल्ला कमिटी सचिवालय सदस्य पर्शुराम नेपाल लगायत नेता तथा कार्याकर्ताको उपस्थिति थियोे । यस्तै नगर कमिटीले प्रमुख अभियान्ता लक्ष्मी गौतमलाई सम्मान पत्र र मायाको चिनो प्रदान गर्दै सम्मान गर्नु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय