सामाजिक सञ्जालबाट जारी फिल्मको पाइरेसी भइरहेको भन्दै प्रहरीमा उजुरी ,
दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म ुजारीु ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।

फिल्मले राम्रो व्यापार गरिरहँदा टिकटकमा फिल्मको क्लिपहरू छ्यापछ्याप्ती भेटिएका छन्। यसैक्रममा निर्माण टिमले सामाजिक सञ्जालबाट फिल्मको पाइरेसी भइरहेको भन्दै प्रहरीमा उजुरी दिएका छन्।

फिल्मका निर्माता मणिराम पोखरेलले आइतबार नेपाल प्रहरी साइबर ब्युरोमा उजुरी दिंदै फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्राम अकाउन्टको अनुसन्धान गर्न माग गरेका छन्।

विभिन्न व्यक्तिहरूले फिल्म हलबाट खिचेर सामाजिक सञ्जालमार्फत पोस्ट गर्दा निर्माण टिमलाई आर्थिक नोक्सानी भएको उक्त उजुरीमा उल्लेख छ।

यो फिल्म गतशुक्रबारदेखि प्रदर्शन भइरहेको छ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्।

बासुरी फिल्म्स ब्यानरको फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय