काठमाडौं । छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ समाज (सडभेलोन)को अध्यक्षमा प्रा.डा सरस्वती न्यौपाने शर्मा निर्वाचित भएकी छन् । सडभेलोनको १७ औं वार्षिक सम्मेलन तथा साधारणसभाले नयाँ कार्यसमिति चयन गरेसँगै अध्यक्षतामा शर्मा निर्वाचित भएकी हुन् ।

न्यौपाने गण्डकी मेडिकल कलेजमा छालारोग विभागीय प्रमुख हुन् । समितिको उपाध्यक्ष डा.मनीषा सिंह, महासचिव डा.नीरज पराजुली, कोषाध्यक्ष डा.रमेश शर्मा निर्वाचित भएका छन्।

सहसचिव डा.मोहन भुसाल र सदस्यहरूमा डा.सुवास बराल, डा.सूचना मरहट्टा, डा.अदिति मिश्र तथा डा. रवीन्द्र बास्कोटा र डा दीपतारा पाठक थापा प्रधान सम्पादक छन् । प्रा.डा. सृष्टि श्रेष्ठको अध्यक्षतामा साधारणसभा भएको थियो। अध्यक्ष प्रा.डा सविना भट्टराई निर्वतमान भएकी छन् ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति डा.भोला थापाले छाला रोग विशेषज्ञको महत्व औंल्याउँदै विश्वविद्यालयले योगिक विद्यालयको कक्षा सञ्चालन गर्ने योजना लिएको जानकारी दिए।

स्विटजरल्यान्डबाट आएका पाहुना प्रा.डा गुन्टुर बर्गले आफू धेरै वर्षदेखि यो समाजसँग नजिक रहेको जानकारी दिए। समाजको क्रमश उन्नति हुँदै गरेको आफू साक्षी रहेको उनको भनाइ थियो।

नवनिर्वाचित अध्यक्ष प्रा.डा शर्माले शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने, अनुसन्धानलाई प्राथमिकता दिने र सम्पूर्ण कार्यक्रम सञ्चालन गर्दा विकेन्द्रीकरणको नीति लिने प्रतिबद्धता व्यक्त गरिन्। समाजको चौतर्फी विकासका लागि लगनशील भएर लागि पर्ने उनको प्रतिबद्धता छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय