काठमाडौं । नेपाल बुद्धिजीवी परिषद्ले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमण प्रयास गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ । झापाको बुधबारेमा १३ वैशाखमा कोसी प्रदेश नामाकरण विरुद्ध आन्दोलन गरिरहेका पहिचानवादीहरूले ओलीमाथि ढुंगामुडा गर्ने प्रयास गरेका थिए ।

उक्त घटनामा १ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । एमाले निकट बुद्धिजीवी परिषद्ले उक्त घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरेको छ । परिषद्का अध्यक्ष डा.दिनेशचन्द्र देवकोटाले जारी गरेको विज्ञप्तिका भनिएको छ, ‘यस्ता उच्छृंखल र अराजनीतिक गतिविधि बन्द गरी शान्तिपूर्ण रुपमा आफ्ना माग राख्न सबै सरोकारवालाको ध्यानाकर्षण गराउदै उक्त घटनामा संलग्न व्यक्तिहरुलाई कडा कानूनी कारबाही गर्न परिषद् नेपाल सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराउँदछ।’

अध्यक्ष एवं प्रदेशसभा सदस्य डा.देवकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा रहेका सबै किसिमका विभेद र असमानतालाई अन्त्य गरी सामाजिक न्यायमा आधारित ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पनाकार तथा नेपालको देशभक्तिपूर्ण लोकतान्त्रिक आन्दोलनका योद्धा कमरेड ओलीप्रति गरिएको आक्रमणको प्रयासले नेपाली समाजमा हुर्कदै गैरहेको चरम अराजकतालाई संकेत गर्दछ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय