काठमाडौं १९।राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचार खर्च आफै बेहोर्ने भएको छ ।भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्दा लागेको खर्च आफै बेहोर्ने भएका छन ।
रास्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरुको सुझाव अनुसार भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भैरहेको र उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपति ज्यू स्वंमले बेहोर्न चाहेको रास्ट्रपति प्रेस संयोजक खिला कार्कीले प्रेस नोट मार्फत जानकारी गराएको छ ।













