काठकाडौं । अपराधिक क्रियाकलापमा संलग्न भएका आफ्ना नेता कार्यहर्ताहरूलाई संरक्षण गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि निरन्तर दबाब दिइरहेका छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्व सरकारले नक्कली भुटानी शरणनार्थी बनाई अमेरिका पठाउने कार्यक्रम संलग्न भएकाहरूलाई धमाधाम प्रक्राउ गर्न थालेपछि एमाले अध्यक्ष ओलीले प्रचण्डलाई दबाब दिन निरन्तर भेटघाट गर्न थालेका छन् ।

घटनामा संलग्न आरोपमा उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, पूर्वगृह मन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईसहित ८ जना प्रहरीको हिरासतमा छन् । त्यस्तै पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध प्रहरीले प्रक्राउ पूर्जी जारी गरेको छ ।

सचिव पाण्डेले प्रहरी कार्यलयमा आत्मसमर्पण गर्दासम्म चुप बसेको ओली एमाले सचिव रायमाझीलाई प्रक्राउ गर्ने तयारी गरेपछि भने एकाएक प्रचण्डलाई दबाब दिन सिंहदरबार र बालुबाटार धाउन थालेका छन् ।

ओलीले बिहीबार प्रधानमन्त्रीलाई भेटेर सचिव रायमाझीको बजाउ गर्दै उनलाई पक्राउ गर्नु षड्यन्त्र भएको बताए । रायमाझीले नक्कली भुटानी शरणनार्थीको नाममा पैसा नलिएको समेत ओलीको दाबी छ । उनले भने, ‘४ वर्षअगाडि चेक काटेको छ । त्यो पनि उसैसँग रहेको कुरा छ । एउटा सांसद, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेता षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु रहस्यपूर्ण छ । भागेर जाने कुरा होइन ।’

भ्रष्टाचार रोक्ने मामलामा ठुला ठुला कुरा गर्ने ओलीको विगत पनि भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने नै छ । ओली आफै प्रधानमन्त्री भएको समयमा एमालै नेता गोकुल बास्कोटा ७० करोड भ्रष्टाचार कान्डमा मुछिदासमेत बचाउने गरेका थिए । उक्त समयमा बास्कोटाले आफूले ७० करोड खाएको सार्वजनिक रूपमा स्वीकार गर्दासमेत ओलीले भने उनले भ्रष्टाचार नगरेको दाबी गरेका थिए ।

उनकै प्रधानमन्त्री कार्यकालमा सचिव योगेश भट्टराईले बतास समूहलाई पशुपति क्षेत्रको धर्मशालादेखि तनहुँ र ताप्लेजुङका डाँडापाखासमेत कमिसन खाएर भाडामा दिएका थिए । यस्तै इश्वार पोखरेलको नेतृत्वमा यति—ओम्नी प्रकरण र भानुभक्त ढकालको नेतृत्वमा कोरोना महामारीको समयमा स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको थियो । यी सबै केसमा ओली ढाल बनेर उभिएको इतिहास छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव र उपाध्यक्षदेखि सिनियर नेतासमेत पर्ने देखिएपछि ओली फेरि त्यसलाई गलत सावित गराउन लागेका छन् । ओलीको सक्रियता बढेसँगै रायमाझीसमेत फरार छन् । उनलाई सुरुमा प्रहरीले प्रक्राउ गरेको भन्ने समाचार बाहिरिएको थियो । प्रहरी स्रोतका अनुसार रायमाझीलाई प्रक्राउसमेत गरिएको थियो । तर, पछि उनलाई प्रहरी कै संलग्नतामा भगाइएको छ ।

घटना क्रमले प्रहरी स्रोतको यो सूचनालाई पुष्टि गर्छ । प्रहरीले प्रक्राउ गरिसेकेको समाचार बाहिरिएको रायमाझी प्रकरण ओलीले प्रधामन्त्रीलाई भेटे लगतै अर्को समाचार बाहिरियो– रायमाझी फरार । उपप्रधानमन्त्री भइसकेका बहालवाला सांसदलाई बाटैमा पक्राउन गर्न पूर्जी जारी गर्ने भन्ने ओलीले दिएको भनाइबाट समेत रायमाझीलाई पक्राउ गरेर वा प्रहरीकै संलग्नतामा भगाइएको पुष्टि हुन्छ ।

नक्कली शरणनार्थी प्रकरणमा ८७५ जनासँग १५–२० लाखको दरले पैसा लिएको पुष्टि भएको छ । प्रत्येक व्यक्ति १५ लाखकै दरले हिसाव गर्ने हो भने पनि यो गिरोहले १ अर्ब ३१ करोड २५ लाख रुपैयाँ ठगेका छन् । उनीहरूले अमेरिका युरोपलागायत देशमा लैजाने भन्दै यसरी पैसा असुल्ने गरेका थिए ।

झापा, मोरङलगायत जिल्लामा रहेको भुटानी शरनार्थीहरूलाई तेस्रो देश पुनर्वास कार्यक्रम ल्याइएको थियो । सन २००६ देखि २०२६ सम्म करिब १ लाख १३ हजार शरनार्थी युरोप अमेरिका, अष्ट्रेलियालगायत देशमा लगिएको छ । पुनर्वासमा जान नचाहेका भुटानी शरनार्थी अझै झापा र मोरङमा ६ हजार बढी छन् ।

पुनर्वास नरोजेकालाई नेपाल सरकारले कसरी व्यवस्थापन गर्ने भन्ने एउटा समिति बनायो । २०७६ जेठ ३० गते मन्त्रालयकै पूर्व सहसचिव बालकृष्ण पन्थीको संयोजकमा उक्त समिति बनेको थियो । पन्थी नेतृत्वको समितिले बनाएको प्रतिवेदन मन्त्रालयले अहिलेसम्म सार्वजनिक गरेको छैन । बरु भुटानीशरणार्थीको नाममा ठगी गरेको आरोपमा पूर्वउपप्रधानमन्त्रीसहित भिआइपीहरू माथि पक्राउ पूर्जी जारी भएको छ ।

यसरी यी सबै तथ्यहरू सार्वजनिक भइरहँदा पनि एमाले अध्यक्ष ओलीले प्रचण्डलाई आफ्नो नेतालाई पक्राउन नगर्ने दबाद दिइरहेका छन् । बिहीबार प्रधानमन्त्री भेटेर आफ्नो नेतालाई फरार बनाउन ओलीले शुक्रबार पनि प्रधानमन्त्री प्रचण्डलाई भेट गर्ने तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय