धनकुटा बैशाख २९ ,
जिल्ला समन्वय समिति धनकुटाको पाचौं जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख निरन तामाङको अध्यक्षतामा एवम कोशी प्रदेशका प्रदेश संसद इन्द्रमणी पराजुलीको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भएको हो । समन्वय सभाहलमा भएको सभाको प्रमुख अतिथि संसद पराजुलीले पानसमा बत्तिबालेर उद्घाटन गर्नु भएको थियो ।

सभामा समन्वय प्रमुख तामाङले आर्थिक वर्ष २०७९ /०८० मा सञ्चालित कार्यक्रम तथा योजना  र आगामि आर्थिक वर्ष २०८०/८१ को प्रमुख नीति,कार्यक्रम तथा प्राथमिकता प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत आर्थिक वर्ष २०८०/ ८१ को नीति,कार्यक्रम तथा प्राथमिकताको विषयमा वृहत छलफल गर्दै सभाले जिल्ला समन्वय समितिको आगामी नीति, कार्यक्रमहरु पारित गरेको छ ।

सभामा प्रस्तुत नीति तथा कार्यक्रम माथी सहिदभुमि गाँउपालिका अध्यक्ष मनोज राई , सागुरीगढी गााउपालिका अधयक्ष जितेन्द्र रुम्दाली राई , प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम , चौबिसे गाउपालिका उपाध्यक्ष टंक माया पाङमी मगर , धनकुटा नगरपालिकाको उपप्रमुख भिमा खनाल लगायतले सल्हा सुझब सहित आफ्ना धारणा राखेका थिए ।

सभाको स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यको विषयमा समन्वय उपप्रमुख साबित्रा राईले प्रकाश पार्नु भएको थियो । सोहि अवसरमा जिल्ला समन्वय समितिको गत चैत ६र ७ गते समपन्न समिक्षा कार्यक्रमको प्रगति प्रतिवेदन समन्वय प्रमुख तामाङले प्रदेश संसद इन्द्रमणी पराजुली र प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई हस्तान्तरण गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय