विभिन्न संचारगृह र संचार संस्थामा आवद्ध रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुको पेशागत आचरणमा सुधार ल्याउनु पर्ने सनिवार इटहरीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश समितिको आयोजनामा सनिवार इटहरीमा सम्पन्न ‘मल्टिमिडिया र पत्रकारिता’ विषयक २ दिने अभिमुखीकरण गोष्ठीको उद्धघाटन सत्रमा वोल्ने वक्ताहरुले पत्रकारहरुको पेशागत आचरणमा सुधार आउनु पर्नेमा जोड दिएका हुन् । उनीहरुले पछिल्लो समयमा सामाजिक संजाल र डिजिटल पत्रकारिताको कारण समाजमा साँच्चिकै पत्रकारहरुको पहिचान हराउँदै गएको होकि भन्ने भान भईरहेको पनि निष्कर्ष निकालेका छन् ।

गोष्ठीको उद्धघाटन गर्दै इटहरी उप–महानगरपालिकाका कार्यवाहक नगर प्रमुख दिवश पोख्रेलले पछिल्लो समयमा डिजिटल पत्रकारिताको विकास भैरहँदा पत्रकारहरुले सत्यतथ्यलाई टेकेर पत्रकारिता गर्नु पर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोख्रेलले भने–‘फोनिज प्रदेश समितिसंग पहिलो पटक सहकार्य गरेर ‘मल्टिमिडिया र पत्रकारिता’ सम्वन्धि गोष्ठीको लागि सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको छ ।’ उनले इटहरी उप–महानगरपालिकाले गरेको राम्रो कामलाई राम्रो र कमि कम्जोरी भए औल्याई दिन आग्रह समेत गरे । उपमहानगरको विकासको लागि ढुङ्गा गिटी उत्खन्न गरिरहेको अवस्थामा डिभिजन वन कार्यालय सुनसरीले टिफर नियन्त्रणमा लिएको घट्ना नगर प्रमुख पोख्रेलले सार्वजानिक गरे । उनले भने–‘ डिभिजन वनले विकास निर्माणको कममा अवरोध सृजना गरिरहेकाले सो विषयमा तथ्य वुझेर कलम चलाइ दिन सहभागी पत्रकारहरुलाई आग्रह गर्दछु ।’

कार्यक्रमका विशेष अतिथि फोनिज संघिय समितिका उपाध्यक्ष कमन देवानले पछिल्लो समयमा क्यामेरा वोकेर हिडको देख्योे भने यूटुवे, पत्रुकार र झोले आयो भन्ने आरोप पत्रकारहरुले खेप्नु परेको औल्याए । उनले पछिल्लो समयमा विकास हुँदै आएको डिजिटल पत्रकारिता भित्र पर्ने सामाजिक संजाल, यूटुव र अनलाईनका कारण यस्तो आरोप खेप्नु परेको जिकिर गरे । देवानले भने–भर्खरै प्रदेश सरकारले पत्रकारहरुलाई प्रदान गरेको पुरस्कारको विषयलाई लक्षित गर्दै भने–‘यो मुलुकमा आदिवासी जनजातिहरुलाई हेर्ने दृष्ट्रिकोण दोश्रो दर्जाको छ ।’
त्यसैगरी राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च प्रदेश नं.१ की अध्यक्ष माया राईले आधूनिक सूचना प्रविधिमा आदिवासी जनजाति पत्रकारहरु पछि परेको भन्ने आफूलाई लागेको वताईन । उनले समय अनुसार चल्नको लागि सोहि अनरुपको क्रियाशिल आदिवासी जनजाति पत्रकारहरुको लागि तालिम÷गोष्ठी आयोजना गर्नु पर्नेमा जोड दिए । उनले हाल १ नम्वर प्रदेशमा संचालन भईरहेको पहिचानको आन्दोलनमा फोनिजले सशक्त ढंगले प्रचार प्रसारमा सहयोग गरिरहेको बताए ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले सामाजिक संजाल र यूटुवको कारण धरान उप–महानगरपालिकाको मेयर हर्क सम्पाङसंग द्धन्द सृजना भईरहेको बताए । उनले पत्रकारिताको पेशागत मर्यादा भन्दा वाहिर गएर सामाजिक संजाल, यूटुवहरुमा विषय वस्तु आफू खुशी जताभावी पस्कने गरेको कारण मेयर सम्पाङ र स्थानिय पत्रकारहरु विच द्धन्द भएको औल्याए । उनले धरान नगरपालिकाका २० वटा वडाका २८ जना जनप्रतिनिधिहरु वीच मेयर साम्पाङले सच्चिनु पर्नेमा जोड दिए ।
फोनिजका प्रदेश सल्लाहकार एवं ब्लाष्ट टाइम्स दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठले पत्रकारहरु कर्ममा इमान्दार हुनु पर्नेमा जोड दिए । उनले भने–‘पत्रकारहरु आफ्नो कर्ममा इमान्दार नहुँदा धरानमा सामाजिक संजाल र पत्रकारहरु विच द्धन्द भईरहेको होकि भन्ने आम जनमानसमा देखिन्छ ।’ तर, म तेसो भन्दिन, जस्लाई जे लाग्छ, त्यहि लेख्छ । फेसवुक सामाजिक संजालमा लेखेर अर्कालाई चिड्याउनु नहुने भन्दै सल्लाहकार श्रेष्ठले भने–‘ लेख्ने नै हो भने पत्रकारहरुले आ–आफ्नै मिडियामा लेख्न सक्नु पर्दछ ।’ थारु पत्रकार एवं कानुन् व्यवसायी शुबदेव चौधरीले आफू वचेर पत्रकारिता गर्नु पर्ने समय आएको वताए । पत्रकाले आफ्नो समचार आफै बन्ने भन्दा पनि पाठकको लागि समचार वनाउन सक्नु पर्नेमा जोड दिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं. १ का अध्यक्ष सन्तवीर लामाको अध्यक्षतमा सम्पन्न २ दिने मल्टिमिडिया र पत्रकारिता तालिममा भिजुएल स्टोरी टेलिङ विराटनगरका सरोज कार्की र मल्टिमिडिया ट्रेनर एम.डि.जाकिर राजाले २ दिनसम्म सहजीकरण गरेका थिए । उनीहरुले पत्रकारिता र मल्टिमिडियाको महत्व, अक्षर र भिडियोको माध्यामबाट गरिने पत्रकारिता विचको फरक, भिडियोको माध्यामबाट कथा कसरी भन्ने, भिडियो मार्फत रिपोटिङ्ग र प्रश्तुतीकरणको शैलीहरु, सामाजिक संजाल र यूटुवहरुमा लाईभ गर्ने विषयमा जानकारी, साउण्ड रेकर्डिङ्गमा ध्यान दिनु पर्ने विषयहरु,भिडियो र अडियो सामाग्री तयार गर्ने सजिलो सफ्टवएरहरुको जानकारी र इन्टरनेटमा सूचनाहरु कसरी खोज्ने आदिका वारेमा सहजीकरण गरेका थिए ।
गोष्ठीमा उदयपुर, सुनसरी, मोरङ, भ,ापा र धनकुटाका ३० जना भन्दा वढी क्रियाशिल पत्रकारहरुले भाग लिएका थिए । उनीहरुले तालिमको अवधी अत्यान्तै छोटो भएको र आगामी दिनमा विषयवस्तु अनुसारको तालिमको अवधि लम्व्याउनु पर्नेमा जोड दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय