मेलुङ जेठ ७।दोलखाको मेलुङ गाउपालिकाको घ्याङमा सालिक अनावरण तथा शहिद स्मृति पार्क उद्घाटन भएको छ। सनिवार एक कार्यक्रम आयोजना गरि बागमती प्रदेश भौतिक पुर्बधार बिकास मन्त्री युबराज दुलालले उद्घाटन गरेको हो ।
जनयुद्धको बेला धेरै समय मेलुङमा नै बिताएको स्मरण गर्दै केही सहिदहरु आफू सङै मोर्चामा रहेको र म घाइते भए तर उहाँ हरु सहिद हुनु भयो उहाँहरुले दिएको बलिदानलाई कहिले पनि भुल्नु हुदैन केही साथीहरूले पार्टी सरकार गएपछि शान्ति प्रक्रिया आएपछी सहिदलाई बिर्सेर कतै अलमलिए भनिए पनि हामीले जनयुद्धको उपलब्धि हरु स्थापन गर्न खोज्दा अर्को सक्तिले कार्यान्वयन गर्न नदिने थुप्रै हर्कतहरु गरेको बागमती प्रदेश भौतिक पुर्बधार बिकास मन्त्री युबराज दुलालले बताए ।जनयुद्धको भुमिका लाई कहिले पनि बिर्सने छैन र मेलुङ सहिदको सपना पूरा गरि छोड्ने दुलालले बताउनु भएको छ । मेलुङ जनताको माग अनुसारको मुडे मेलुङ सडक छिटै नै पुरा गराउने प्रतिबद्धता समेत गर्नु भएको छ।
यहि ठाउँ बाट सुरु गरेको जनयुद्ध जातको आधारमा विभेद हुनु हुदैन र स्थानीय नेताहरुको भाबत्मक जस्तो केन्द्रिय नेताको भाबाना नभएले पनि समस्य रहेको बागमती प्रदेश पुर्ब बन तथा बाताबरण मन्त्री बिशाल खड्काले बताउनुभएको छ ।
जनयुद्धमा बलिदान बाट प्राप्त सहिदको सपनाले नयाँ बिकास को आशा गरे पनि २० बर्षा हुदा सम्मा पनि बिकास हुना नसके मुडे मेलुङ सडक नबन्दा कतै मेलुङ सहिदको सपना अपमान भएको भन्दै नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य संकर लामाले भाबुक हुँदै मन्त्रीलाई आग्रह गर्नु भएको थियो ।
इतिहास लाई बलिदान दिने महान सहिद लाई सम्मान
र जनयुद्धमा बलिदान दिने सहिद लाई तिनै तहको सरकारले सहिद परिवारको जिबिकाको सबाल मा ठोस नीति ल्याउनु पर्ने र जनयुद्धको अध्यान गरि बिश्वबिद्धालय खोलिएना भने जनयुद्धको अस्तित्व नरहने मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थोकरले बताए ।
मेलुङ गाउँपालिका भित्रको १३ जना जनयुद्धमा सहिद भएको सहिदहरुको सालिक र सहिद पार्कको निर्माण स्थानीय सरकार र प्रदेश सरकारको साझेदारीमा सम्पन्न गरिएको सहिद स्मृति प्रतिस्ठानको अध्यक्ष प्रखर लामाले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय