हेटौंडा  ७ जेठ । बागमती प्रदेशका नवनियुक्त ६ जना मन्त्रीले आज शपथ ग्रहण गरेका छन् । बागमती प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

नेपाली कांग्रेसबाट पुकार महर्जनलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, मसिना खड्कालाई वन तथा वातावरण, उत्तम जोशीलाई स्वास्थ्य मन्त्रालय र रामकृष्ण चित्रकारलाई विनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट डा. राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय र लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात मन्त्रीको रुपमा शपथ ग्रहण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय