धनकुटा जेठ १९
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध धनकुटामा बिरोध प्रदर्शन भएको छ । राष्ट्रपति कार्यलयबाट प्रमाणीकरण भएको नागरिकता विधेयक विरुद्ध आज धनकुटामा नेकपा एमाले जिल्ला कमिटी धनकुटा जनसंगठन समन्वय सयन्त्र धनकुटाले नागरिकता विधेयक खारेजी र अखण्ड नेपालको पक्षमा बिरोध प्रदर्शन गरेको हो ।

उनिहरुले राष्ट्रघाती नागरिकता विधेयक खारेज गर , भारतीय नक्सामा नेपाली भू-भाग समावेश गर्न पाइदैन  ,  यो बेला नबोल्ने गठबन्धन सरकार चाहिदैन,मुर्ति राष्ट्रपति चाहिदैन  , देश बेच्न पाईदैन , चण्डाल विश्वासघाती प्रधानमन्त्री चाहिदैन , जस्ता प्लेकार्ड बोकेर र्यालिमा नारा लगाउदै धनकुटा बजारको विभिन्न भागको परिक्रमा गरेर बिरोध जानाएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय