भक्तपुर । राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भोलि आइतबार राजधानीमा जुलुस र धर्ना कार्यक्रम गर्ने भएको छ ।

आज बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुस गरेर संघीय संसद् भवन नयाँ वानेश्वरमा धर्नामा बस्ने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईंले बताए । धर्नामा पार्टीका केन्द्रीय नेताहरूबाट सम्बोधन हुनेछ ।

यसअघि वैशाख १७ गते बसेको पार्टीको सचिवालयको बैठकले  नागरिकता प्रमाणीकरण तत्काल रद्द गर्न माग गरेको थियो । त्यस पछिबाट निरन्तर पार्टीले जिल्ला जिल्लामा विरोध कार्यक्रम गर्दै आएको छ । यस अन्तर्गत केन्द्रीय राजधानी काठमाडौंमा जुलुस र धर्ना गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय