जिरी,जेठ २५।दोलखाको जिरी नगरपालिका -७ निबासी क्यान्सर पिडीत फेसी माया जिरेललाई जिरी इमर्जेन्सी रिलिफ फाउन्डेसनले आर्थिक सहयोग गरेको छ ।
जिरी इमर्जेन्सी रिलिफ फाउन्डेसनले उपचार खर्च बापत रुपैयाँ १५ हजार क्यान्सर पीडित फेसी मायालाई हस्तान्तरण गरेको छ।लामो समय देखी पेटको क्यान्सर उपचार गराई रहेकी फेसी माया आर्थिक अभाबका कारण उपचार खर्च जुटाउन सहयोगको अपिल गरे पश्चात फाउन्डेसनले आर्थीक सहयोग गरेको जिरी इमर्जेन्सी रिलिफ फाउन्डेसनका कोषाध्यक्ष कर्मा शेर्पाले बताए ।जिरीको आर्थीक रुपमा कमजोर भएको जुनसुकै बिरामीहरुलाई केही राहात होस भनी बिगत ५ बर्ष देखी बिरामीहरुलाई सहयोग गरिरहेका र आगामी दिनमा सहयोग गरिरहने फाउन्डेसनका कोषाध्यक्ष कर्म शेर्पाले बताउनु भएको छ ।
जिरी इमर्जेन्सी रिलिफ फाउन्डेसनले केहि दिन पहिले दोलखाको जिरी नगरपालिकाको क्यान्सर पिडित ज्ञान बहादुर बस्नेतलाई सहयोग गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय