३० जेठ । काठमाडौंमा हतौडा प्रहार गरी भाइले दाइको हत्या गरेका छन्। काठमाडौं महानगरपालिका-२३ ओमबहाल माथेमा चोकमा भाइले दाइको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ । घरायसी विवाद हुँदा २५ वर्षीय सुरज शाक्यले हतौडा प्रहार गरी ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेको आरोप छ।
आमालाई दाइले गाली गरेको झोंकमा भाइले हतौडा प्रहार गरी हत्या गरेको एसपी रिजालले बताए।
उक्त खबर पाएपछि प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो। घटनापछि भागेका भाइ सुरजलाई प्रहरीले काठमाडौं-२५ सिगलबाट मंगलबार बिहान पौने ९ बजे पक्राउ गरेको हो।












