काठमाडाैं जेठ ३१ । काठमाडाैंमा बर्गर व्यापार सम्मेलन-२०२३ (बर्गर बिजनेस कन्फ्रेन्स) सम्पन्न गरेको छ ।
द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनकाे आयाेजनामा आज काठमाडौको चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसमा सम्मेलन गरेको छ ।
अर्थतन्त्र असज हुँदा पनि युबाहरुले हौसला सहित ब्यापार गरेकोमा खुसी व्यक्त गर्नुको साथै केही महिना भित्रमा नै मौद्रिक निति सहित सहज हुने र स्वदेश मै रोजगार सिर्जना हुने किसिमको युबा ब्यबसायहरुको लागि प्रोत्साहन हुने खालको नीति ल्याउन सरकारसङ्ग पहल गर्ने प्रमुख अतिथि अर्थविद् एवं रास्वपा सांसद् स्वर्णिम वाग्ले भताउनु भएको छ ।तेसैगरी अहिले स्वरोजगार गरि स्वदेशमै बसि युबाहरुले सञ्चालन गरिरहेको ब्यबसायहरुलाइ अर्थतन्त्रले निरासा भनाएकोले युबा बिदेशीन बाध्य हुनुपर्ने यो सरकारले बनाएको छ अहिलेको राजनीतिदलहरु राजनीति मात्र गर्ने तर कुनै पनि उत्पादन तथा ब्यबसायमा नजोडिएको कारणले देशमा दिनहु भ्रष्टाचार बढिरहेको सम्मेलनमा विशेष अतिथि पुर्ब सञ्चार मन्त्री पार्बत गरुङले बताए ।
बिजनेस कन्फ्रेन्समा व्यापार वृद्धि कार्यशाला, नीति विकास, सहितको कर्पाेरेट ट्रेनर केपी भुसाल र माेटिभेस्नल स्पिकर विकासदेव याेञ्जनले विचार राख्नु भएको छ । तेसैगरि द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनकाे सस्थापक बसन्त लामाले बर्गर हाउस सात बर्षको दौरानमा सफल कसरी भएको थियो र अहिले कसरी ब्रन्डिङ भएको भन्ने बिषय राख्नुको साथै कम्पनीमा भएको कमि कमजोरीहरुलाई सियर सदस्यहरुबाटै सल्लाह सुझाव सहित अगाडि बढ्ने प्रतिबद्धता गरेको छ ।
बर्गर ग्रुपका सिइयाे विनाेद तामाङले दशौ बर्षसम्म बर्गर हाउस सञ्चालन रहनको लागि आगामी दिनहरु सहितको दीर्घकालीन योजनाहरु प्रस्तुत गर्नु भएको थियो ।
बर्गर व्यापार सम्मेलन-२०२३ (बर्गर बिजनेस कन्फ्रेन्स)ले विभिन्न बिधाहरुमा बेस्ट म्यानेजमेन्ट अवार्ड द बर्गर हाउस जोरपाटीलाई घोषण गरेको छ भने बेस्ट हाइजेनिकमा बर्गर हाउस सङ्खमुललाइ घोषण गरेको छ र बेस्ट सेल्समा भने बर्गर हाउस गठ्ठाघरलाइ घोषण गरेको छ ।तेसैगरी सियर सदस्य सबै जनालाइ सम्मान समेत गरेको छ ।
बर्गर व्यापार सम्मेलनमा सांगितिक शत्रमा वरिष्ठ हास्य कलाकार मनाेज गजुरेल,जितु नेपाल र दिनेश काफ्ले तथा गायकहरु विश्व दाेङ, सुवास लामा,निर्मला घिसिङ,सुरेस लामा लगायतकाे प्रस्तुति रहेको थियो ।बर्गर व्यापार सम्मेलन-२०२३ (बर्गर बिजनेस कन्फ्रेन्स)मा १४८शाखाको सियर सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय