सैलुङ,जेठ ३२ । दोलखाको शैलुङ गाउँपालिका–८ भैंसेको शारदा माविलाई नयाँ भवन हस्तान्तरण गरेको छ ।
आज एक कार्यक्रम समारोह गरि बागमती प्रदेशका पूर्व वन तथा वातावरणमन्त्री एवम् नेकपा माओवादी केन्द्र दोलखाका इन्चार्ज विशाल खड्काले हस्तान्तरण गर्नुभएको छ ।२०७२ सालमा विनाशकारी भूकम्पले क्षतिग्रस्त भएपछि एडिबीको १० करोड लागतमा खानी समनान्तर जोएन भेन्चरले भवन ८ वर्षपछि निर्माण सम्पन्न गरेको थियो ।खानी समनान्तर जोएन भेन्चरले २०७७ साल मंसिरबाट निर्माण सुरु गरेको थियो ।
सुबिधा सम्पन्न भवन निर्माण भैसकेको हुँदा शैक्षिक गुणस्तरमा विकास गर्नुपर्ने पुर्ब मन्त्री बिशाल खड्काले बताए । शारादा माविमा कक्षा १२ सम्म अध्यापन र प्राविधिक शिक्षामा कृषि र पशु विज्ञान निसुल्क पढाउदै आइरहेको छ भने सानो बालबालिकाहरुको लागि पनि नयाँ प्राविधिको खेल माध्यमबाट अध्ययन गराइरहेको प्रधानाध्यापक मानबहादुर तमाङले बताउनुभयो ।
विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष ज्योति श्रेष्ठको अध्यक्षतामा शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबावु श्रेष्ठ, वडाध्यक्षहरु, विद्यालयका शिक्षकहरु, स्थानीय बुद्धिजीवी लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।












