काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालका आदिवासी जनजातिको सपना एमाले बाहेक अरु कुनैपनि पार्टीले पुरा गर्न नसक्ने बताएका छन् । शुक्रबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले काठमाडौंमा आयोजित संगठन विस्तार अभियानलाई सम्बोधन गर्दै ढकालले यस्तो बताएको हो ।

नेकपा एमालेका जनसंगठन समन्वय संयन्त्रका प्रमुख समेत रहेका ढकालले आदिवासी जनजातिहरूको हक हित अधिकार सहितको माग र मुद्धाका सवालमा नेकपा एमालेले सरकार संचालनको बेलामा उल्लेख्य काम गरेको बताए।

आदिवासी जनजातिहरुको संस्कार संस्कृति अनुसारको चाडपर्वहरूलाई राज्यले सम्बोधन नगरिरहेको अवस्थामा २०५१ सालमा नेकपा एमालेको नौ महिने सरकार सञ्चालनको बेला तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले आदिवासी जनजातिहरुको माग सम्बोधन गरेको स्मरण गराउनु भयो।

संगठन विस्तार अभियानले आदिवासी जनजाति भित्रका १८ बर्ष देखि ३५ वर्षसम्मका गतिशिल र उर्जावान युवाहरुलाई महासंघमा आवद्ध गर्न लोकतान्त्रिक आदिवासी जनजाति नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य विशाल भट्टराईले वर्गीय आन्दोलनले मात्रै जातिय सवालका एजेण्डाहरु पुरा गर्न सक्ने बताए। नेता भट्टराई जातीय राज्यको परिकल्पना गरेर हिडेको नेकपा माओवादी अहिले अएर उनिहरुको एजेण्डा ईतिहासको दुर्घन्धीत कुनामा थन्कीन पुगेको दावि गरे।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं महासंघका अध्यक्ष पासाङ शेर्पाले नेपालका आदिवासी जनजातिहरुलाई समाजवाद निर्माणका लागि मूल प्रवाहमा ल्याउन महासंघले देशव्यपी रुपमा संगठन विस्तार अभियान शुरु गरेको बताए।

नेकपा एमालेका केन्द्रीय लेखा आयोग सदस्य एवं पूर्वमन्त्री शान्ति पाख्रिनले लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले ल्याएको अभियानले संगठन सुदृढहुने बताए।

यसैगरी नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री दावा दोर्जे लामाले घटक संघहरुको तर्फबाट शुभकामना मन्तव्य राख्नुहुदै पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले आम नागरिकका समस्या सम्बोधन गर्दै उल्लेख्य मात्रमा काम गरेको बताए।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले अहिले विभिन्न संचार माध्यम र सामाजिक संजाल मार्फत नेकापा एमाले विरुद्ध विभिन्न शक्तिहरुले आक्रमण गरि भाष्यहरू सृजना गर्दै हिडेकोले तीसबै खाले भाष्यहरुलाई चिर्दै पार्टीलाई मजबुत बनाउन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले नयाँ सुचना प्रविधिलाई प्रयोग गरी संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।

संगठन विस्तार अभियानका प्रमुख एवं महासंघका सचिव हर्कमान तामाङले कार्यक्रमको उदेश्य, योजना र लक्ष्यबारे स्पस्ट पार्दै संगठन विस्तार अभियानको कार्यविधि–२०८० समेत प्रस्तुत गरेका थिए। तामाङका अनुसार अभियान मार्फत एक वर्षभित्र २ लाख सदस्यता वितरण गर्ने र ५० हजार स्वयंम सेवकदस्ता तयार पार्ने लक्ष्य रहेको छ।

कार्यक्रम महासंघका उपमहासचिव देवराज राईले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष विजय सिं लोप्चनले स्वागत मन्तव्य राखेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय