काठमाडौँ । समाजवादी मोर्चाको घोषणा सोमबार हुने भएको छ । समाजवादी मोर्चाको घोषणा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल (जसपा) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गर्ने भएका हुन् ।

भोलि राष्ट्रिय सभागृहमा मोर्चा घोषणा हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आइतबार बिहान मोर्चा घोषणा गर्ने सहमति जुटाएको हो ।

नेतृत्व दलहरुको आलोपालोमा हुने मोर्चामा आवद्ध हुने दलका नेताहरुले जनाए । संसदमा प्रभावकारी भूमिकाका लागि मोर्चा बनाउने निचोडमा दलहरु पुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय