पूर्ण कार्की ,ललितपुर । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. १५ बोधिग्रामबाट अवैध लागूऔषध गाँजा ५ केजी ७ सय ६० ग्राम, गाँजाको फुलपातसहित ९ सय १२ ग्राम, पोल्याण्डको धुलो १ किलो ८ सय २० ग्राम, चरेस जस्तो देखिने पदार्थ १ सय ८० ग्राम र नगद २२ हजार ५ सय ९५ रूपैयाँसहित गोरखा थालाजुङ गाउँपालिका घर भई काठमाडौं काडाघारी बस्ने ४० वर्षीया शान्ती रानामगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












