सन्दिप थापा,काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १४ कलंकी बस्ने कान्छी माया तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा झापा घर भई काठमाडौं बल्खु डेरा गरी बस्ने ४० वर्षीय ओम नाथ गिरीसमेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९ सय रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय