मनसुन प्रवेश गरेसँगै पूर्वी नेपालमा बाढी पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति भएको छ ।

हालसम्म १० जनाले ज्यान गुमाउँदा २६ जना हराइरहेका छन् । बुधवार पनि पूर्वी नेपालका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ ।

बुधवार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग लगायत देशको तराई भू–भागका थोरै स्थानहरुमा मेघ–गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ ।

साथै कोशी  र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आज बुधवार रातीः कोशी , मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, मधेश ,गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय