विजय खड्का/ललितपुर । ललितपुर महानगरपालिकाले स्थानीय मातृभाषालाई प्राथमिकता दिँदै आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म नेपाल भाषामा पढाइने भएको छ ।
महानगरपालिकाको आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बुधबार प्रमुख चिरीबाबु महर्जनले आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म नेपाल भाषाको पाठ्यक्रम तयार गरी लागू गरिने घोषणा गरेका हुन् । नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार प्रत्येक वर्ष माथिल्ला कक्षाहरूमा क्रमशः नेपाल भाषाका कक्षाहरु थप गर्दै लगिनेछ ।
महानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा नेपाल भाषाको पठनपाठन सञ्चालन गर्न प्रत्येक विद्यालयमा एक/एक शिक्षकको व्यवस्था गरिने पनि उल्लेख छ । ललितपुर महानगरले ऐतिहासिक, परम्परागत स्थलहरु, सम्पदा, संस्कृति, रहनसहन, खानपान, सिपलाई प्रोत्साहन गर्न पाठ्यक्रम निर्माण गरेर व्यवहारिक शिक्षामा जोड दिने नीति लिएको जनाएको छ ।

महानगरले योजना तथा अनुगमन, सडक तथा यातायात, भवन तथा पुल, खानेपानी तथा ढल व्यवस्थापन, सम्पदा संरक्षण, सहरी विकास, विपद् व्यवस्थापन, वन तथा वातावरण, सरसफाई तथा फोहोरमैला व्यवस्थापन, स्वास्थ्य, शिक्षा, युवा तथा खेलकूद, अपांगता, संस्कृति तथा पर्यटन प्रवर्द्धन, हस्तकला, सहरी नियमन तथा प्रवर्द्धन, लघु घरेलु तथा साना उद्योग, कृषि तथा सिँचाइ, गरिबी तथा रोजगार, लगानी व्यवस्थापन, उपभोक्ता हित र स्थानीय व्यापारलगायतलाई प्राथमिकतामा राख्ने नीति लिएको प्रमुख महर्जनले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय