काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेबाट एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने भएको छ ।

महानगरको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले २०८० श्रावण १ गतेबाट एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने बताएका हुन ।

नीति तथा कार्यक्रममा एकल प्लाष्टिकलाई निषेध गर्ने सँगै प्लाष्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलाको प्रयोगलाई महानगरभित्र प्रतिबन्ध लगाउने पनि उल्लेख गरिएको छ ।

त्यस्तै, महानगरले आगामी आवमा सार्वजनिक स्थानहरुमा धुम्रपान तथा सूर्तिजन्य पदार्थको प्रयोग तथा बेचबिखनलाई पूर्ण रुपमा रोक लगाउने पनि उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय