विजय खड्का/काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिका–३ को चिलिङकोट स्थित पात्लेखोलामा जिप दुर्घटना भएको छ ।

बिहेको जन्ती गएर फर्किने क्रममा राति एक बजे प्रदेश नंं. ३ को ०१–०२३ च २४२७ नम्बरको टाटा जिप दुर्घटना भएको हो । दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते १२ जनालाई आबुखैरेनी अस्पताल पुर्याइएकोको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।

भुसालका अनुसार मृत्यु हुनेमा ४ पुरुष र एक महिला रहेको तर पहिचान खुल्न बाँकी रहेको छ । दुर्घटनास्थलमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय