काठमाडौं । भौतिक संरचना निर्माण र प्रयोगमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’को दोहोरो चरित्र देखिएको छ । सिभिल इन्जिनीयर बालेन महानगरभित्र रहेको भौतिक संरचना निर्माणमा निर्मम भएर प्रस्तुत हुने गर्छन्।

केही केसमा उनी त्यसरी नै प्रस्तुतसमेत भएका छन् । तर, कतै भने बालेनको चरित्र दोहोरो देखिन्छ । उनले महानगरपालिका भित्रको वडा कार्यालय भवन बनाउने सवालमा यस्तो दोहोरो चरित्र देखाएका छन् ।

सिनामंगलमा नक्सा पास नगरी भवन बनाएको भन्दै काठमाडौं महानगरले ३२ जेठमा काम रोक्यो । नागरिक उड्ययन प्राधिकरणले बनाएको उक्त भौतिक संरचनामा नगर प्रहरीको टोलीले फेन्सिङ तारबार काटेको थियो ।

त्यस विरुद्ध त्रिभुवन विमानस्थल क्षेत्र परिसरको तार काटेको भन्दै प्राधिकरणले स्पष्टीकरणसमेत सोधेको थियो ।

त्यस्तै २९ नम्बर वडा भवन बनाउन मेयर बालेन नक्सापास नभएको जग्गामा लागिपरेका छन् । ८ नम्बर कित्तामा २९ नम्बर वडा भवन बनाउन महानगरले ठाउँ खाली गर्दा स्थानीयसँग झडपको अवस्थासमेत सृजना भएको थियो । स्थानीयले यस क्षेत्रलाई खुला राख्न माग राख्दै गरेको अवरोधलाई बालेनले बल प्रयोग गरेर खाली गरिरहेका छन् ।

तर, यहाँ महानगरले वडा कार्यालय बनाउने भनेपनि अहिलेसम्म वडा कार्यालय बनाउन कुनै नक्सा बनिसकेको भने छैन । अन्य ठाउँमा नक्सा पासविना एक इन्च दाँया–बाँया हुन नमान्ने मेयर बालेन यो केसमा उनले आफ्नै नियम तोडेर दोहोरो चरित्र देखाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय