काठमाडौं । यति बेला एमाले कोशी प्रेदशबाहेक सबै ठाउँमा प्रतिपक्ष दलको रूपमा छ । सधै सत्ता रहने र भ्रष्टाचारमा नयाँ नयाँ रेकर्ड राख्ने एमाले सांसदहरू यो पटक भने अराजकताको रेकर्ड राख्न सफल भएका छन् ।

कर्णालीमा बजेटको विषयलाई लिएर प्रतिपक्ष दल नेकपा एमालेकी संसद् दक्षिणा शाही यस्तै नयाँ रेकर्ड राखिनन् ।

बजेटको विषयलाई लिएर बुधबार एमालेले सांसद अवरोध गर्यो। संसद् अवरोध भएपछि नेकपा माओवादी संसदीय दलको बैठक बस्यो । दलको बैठक बसिरहेका बेला एमाले सांसद दक्षिणा शाही एक्कासि हलमा छिरिन् ।

उनी हलमा छिरेपछि माओवादी सांसदहरू झस्किए । उनले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयबाट निस्किएको बजेट किताब पछारिदिइन् । उनले जोडले पछारेको किताब माओवादी सांसद मिलन खड्काको शरीरमा गएर लागेको थियो । बैठकमा मुख्यमन्त्री राजकुमार शर्मा, भौतिक मन्त्री मङ्गल शाही लगायत पार्टीका सबै सांसदहरू उपस्थित थिए ।

एक्कासि आएर ढोकाबाट नै हानेको किताबले शरीरमा लाग्ने भएपछि सांसद खड्काले हातले छेकेकी थिइन । एमाले सांसद शाहीले उक्त किताब भौतिक मन्त्री मङ्गलबहादुर शाहीलाई हानेकी थिइन् । ‘विरोध गर्ने, आफूलाई मन नपरेको कुरा संसदमा बोल्ने हो तर, उहाँले माओवादी दलको बैठकमा आएर किताब हान्नुभयो,’ माओवादी एक सांसदले भने,‘ यो संसदीय मर्यादा विपरीतको कार्य हो जस्तो लाग्छ ।’

उनले भौतिक मन्त्रालयबाट आफ्नो जिल्लाका लागि आउनुपर्ने योजना नआएको रिस ओकल्दै दलकै बैठकमा आएर किताब पछारेको माओवादी सांसदहरूको भनाइ छ ।

एमाले सांसद शाहीले आफले माओवादी ससदीय दलको बैठकमा गएर अराजकता देखाएको स्वीकार गरेकी छन् । उनले आफू माओवादी संसदीय दलको बैठकमा जानु गलत भएको स्वीकार गरिनन् । उनले आफूले माओवादीको बैठकमा गएर किताब फालेको दाबी गरेकी छिन् । तर, उनले मन्त्रीलाई किताबले हानेको माओवादी सांसद बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय