धनकुटा असार १४ ।
“उन्नत सीप सिकौं, सफल व्यवसायी बनौं” भन्ने नारा सहित सहिदभूमि गाउँपालिका धनकुटाको आयोजनामा आधारभूत मौरी पालन तालिम सम्पन्न भएको छ । आधाभूत मौरीपालन तालिम पालिकाले वडा नं ३ को सिरुवानी र वडा नं ६ को माङतीनमा ७ दिने तालिम सञ्चालन गरेको हो । ।

तालिममा वडा नं ३ का २३ जना र वडा नं ६ का २३ जना गरि जम्मा ४६ जना मौरी पालन गर्ने कृषकहरुको सहभागीता रहेको थियो । तालिममा सहभागी किसानलाई पाथवे नेपाल प्रा. लि. इटहरीका प्राविधिकले मौरीका प्रकार ,मौरीको घार व्यवस्थापन ,बजारीकरण लगायत विषयमा तालिम दिइएको गाउपालिकाले जनाएको छ । तालिमको समापन गर्दै गाउपालिका अध्यक्ष मनोज राईले सहभागि किसानलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय