पूर्ण कार्की
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ ईमाडोलबाट ५ सय रुपैयाँ दरका १ सय ६० थान नक्कली नोटसहित सोही ठाउँ बस्ने मकवानपुर मकवानपुरगढी गाउँपालिका–१ स्थायी घर भएका ४२ वर्षीय प्रशान्त भन्ने पासाङ भोम्जनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा नक्कली नोटहरुको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय