रामेछाप । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र खाँडादेबी गाउँपालिका वडा नम्बर ७ खाँडादेबी वडा समितिले मेरुदण्ड भाँचिर अस्पतालमा छटपटिरहेकी १८ वर्षीया पार्वती थापालाई आर्थिक सहयोग गरेको छ । वडा समितिको नेतृत्वमा काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेकी थापालाई आर्थिक अथावका कारण उपचारमा समस्या भएको जानकारी पाएपछि आफूहरूले आर्थिक सहयोग गरेको वडा समितिका उपाध्यक्ष सुवास तामाङले जानकारी दिए ।

विगत १ वर्षदेखि ट्रमा सेन्टरमा उपचार गराइ रहेकी थापाको बारेमा आफूहरूलाई भर्खर जानकारी आएको उनले बताए । तामाङका अनुसार थापाको आर्थिक अवस्था नाजुक छ । ‘सुरुमा उपचार गरेर केही ठिक भएको रहेछ’ तामाङले भने, ‘पछि फेरि गाउँमा संक्रमण भएपछि अहिले कम्मर मुनीको भाग काट्नु पर्ने डाक्टरको सल्लाह रहेछ ।’ थापा १ वर्ष अघि घाँस काट्न जाँदा लडेर ६ सय मिटर तल पुगेकी थिइन् । उक्त समयमा उनलाई ढाँडमा गम्भीर चोट लागेको थियो ।

रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा ७ खरिढुंगा निवासी गणेश वहादुर मगरको छोरी थापा अहिले १८ वर्षकी भईन् । एसइइ दिएर बसेकी थापा एक्कासी एक्सिडेन्ट हुँदा उनको जिन्दगी अहिले अस्पतालको शय्यामा छटपटाईरहेको छ।

परिवारको सदस्यले आफ्नो भए जति जायजेथा बेचेर पार्वतीको उपचारमा लगाएको तामाङले बताए । खर्च अभावले पार्वतिको स्वास्थ अवस्था झन झन जटिल बन्दै गएको छ। यस्तोमा परिवारको सदस्यले आफ्नो छोरीको उपचारमा सहयोग गर्न सबैलाई गरेको आग्रह गरेको तामाङले बताए ।

नेकपा (माओवादी केन्द्र) खाँडादेवी ७ वडा समितिको नेतृत्वमा आज ४२,५०० विरामीको परिवारलाई हस्तान्तरण गरेको तामाङले बताए । आफूले विरामीको अवस्था हेरेको र थप सहयोगका लागि जुटिरहेको उनले बताए । उनले अहिले पार्टी समितिमा रहेका सदस्यहरूसँग सहयोग उठाएर विरामीलाई सहयोग गरेको उनले बताए । अब जिल्लाबाट निर्वाचित सांसदहरूलाई समेत यो विषय जानकारी गराएर व्यक्तिगत वा संस्थागत के कसरी हुन्छ, सहयोग गर्न लगाउने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय